साेलुखुम्बु – सोलुखुम्बुमा साउन महिनामामा विपद् सम्बन्धी घटनामा परि २ जनाको ज्यान गएको छ । जिल्लामा विपद् सम्बन्धी भएका १० घटनाहरु मध्ये २ घटनामा परि उनिहरुको ज्यान गएको हो । २०८० साल साउन ८ गते भिरबाट लडेर एक जनाको ज्यान गएको छ भने लेक लागेर एक जनाको ज्यान गएको छ ।
यस्तै जिल्लामा साउन १ गतेको बाढीले बगाएर एक जना बेपत्ता पारेको छ । जिल्लामा साउन महिनामा जंगलि जनावरको आतंक बाट २ र लेक लाग्दा १ गरि ३ जना घाइते भएका छन । साउनमा पहिरो जादा १ घरमा आंसिक क्षति पुगेको छ भने एक परिवार विस्थापित भएको छ । यता साउन ४ गते र २८ गते भएका २ वटा आगलागीका घटनाबाट एक ओटा घर र एक वटा एस्काभेटर पुर्ण रुपमा नष्ट भएका छन ।
विपद सम्बन्धी घटनाबाट यस महिनामा मात्रै १ करोड १८ लाख ६० हजारको अनुमानित क्षति भएको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र सोलुखुम्बुले जनाएको हो ।
जसमा एस्काभेटर आगलागीमा परि ८८ लाख ८० हजार बराबरको क्षति भएको जनाइएको छ । यस्तै पहिरोका २ घटनामा परि घरमा क्षति पुग्दा ३० लाख बराबरको क्षति भएको केन्द्रले जनाएको छ । भाद्र महिनामा पनि निरन्तरको झरिले बिभिन्न स्थानमा बाढी पहिरोका घटना भइरहेका छन ।