लिखुपिकेको प्रमुख प्रशासकीय अधिकृतमा उप्रेति आउदै,सोताङमा भने अन्यौल

  दिपेन्द्र खनाल
0 Shares

साेलुखुम्बु – निमित्तको भरमा चलिरहेको सोलुखुम्बुको लिखुपिके गाउँपालिकामा नयाँ प्रमुख प्रशासकिय अधिकृत खटाईएको छ । गत फाल्गुन देखि निमित्तको भरमा चलिरहेको पालिकामा मन्त्रालयले सुनिता उप्रेतिलाई नयाँ प्रशासकीय अधिकृतको रुपमा खटाएको गाउँपालिका अध्यक्ष मिनाकार्की बस्नेतले बताउनु भयो ।

अध्यक्ष बस्नेतले प्रशासकीय अधिकृत आएपछि विकास निर्माणका कामहरु र निति निर्माणका कामहरुमा सहजता हुने उहाँको भनाई छ । नयाँ बजेट कार्यान्वयन र्गे सवालमा पनि प्रशासकीय अधिकृत भएपछि सहजहुने विश्वास लिएको उहाँको भनाई छ ।

यस्तै जिल्लाको अर्को प्रशासकीय अधिकृत विहिन पालिका सोताङ गाउँपालिकामा भने प्रशासकीय अधिकृत आउने वा नआउने भन्नेमा अन्योल भएको छ । मन्त्रालयबाट  खटाइएका शाखा अधिकृतले पत्र फिर्ता गरेपछि फेरि पालिका प्रमुख प्रशासकिय अधिकृत विहिन बन्ने अवस्थामा आएको गाउँपालिका अध्यक्ष खिलराज बस्नेतले बताउनुभयो ।

हाल गाउँपालिकामा बिभिन्न विकासका काम हरु प्रशासकिय अधिकृत नहुदा प्रभावित भएका छन । अध्यक्ष बस्नेतले आफुले गाउँपालिकामा प्रशासकीय अधिकृतको व्यवस्थापन गर्नको लागी सरकारसँग दिनरात अनुरोध गरिरहेकाले गाउँपालिकाले छिट्टै प्रशासकीय अधिकृत पाउने बताउनुभयो । गाउँपालिका गत जेठ देखि प्रमुख प्रशासकीय अधिकृत विहिन छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार