साेलुखुम्बु – सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिकाले वडा नम्बर १ टाक्सीन्धुका वडा सदस्यको निधन मा मंगलबार नगरपालिकाको कार्यालय र मातहतका कार्यालय बन्द गर्ने निर्णय गरेको छ । नगरपालिकाका प्रमुख नाम्गेल जाङबु शेर्पाले आज शोक वक्तव्य जारि गर्दै मृतक राईले नगरको विकासमा पु¥याउनुभएको योगदानका सम्मान र स्मरण स्वरुप मंगलबार नगरपालिकाको कार्यालय र अन्तर्गतका कार्यालयमा शोक विदाको घोषणा गरेको हो ।
नगरप्रमुख शेर्पा द्धारा हस्ताक्षरित शोक वक्तव्यमा “स्वर्गिय टेक बहादुर राईले नगरको विकासमा पु¥याउनुभएको योगदानको उच्च सम्मान र स्मरण गर्नेछाै” भनिएको छ । नगरपालिकाले मृतक राई प्रति श्रद्धाञ्जली अर्पण गर्दे परिवारमा समवेदना व्यक्त गरेको छ । २०७९ सालको स्थानिय तहको निर्वाचनमा नेकपा एमाले बाट निर्वाचित वडा सदस्य टेकबहादुर खालिङ राईको ४६ बर्षमा उपचारको क्रममा भक्तपुर क्यान्सर अस्पतालमा आज निधन भएको हो ।
वडा सद्स्य खालिङ विगत एक बर्ष देखि क्यान्सर रोग सँग लडिरहनु भएको थियो । २०३४सालको साल भाद्रमा जन्मनु भएका राईले नेपाली कांग्रेसबाट राजनीतिक क्षेत्रमा पाइला अगाढी बढाउदै नेपाली कांग्रेसको १३ औ महाधिबेसनबाट वडा नम्बर १ टाक्सीन्धुको वडा सभापति बन्नु भएको थियो । पछि नेकपा एमालेबाट वडा सदस्यमा निर्वाचित राईले समाजसेवाको क्षेत्रमा उल्लेख्य काम गर्नुभएको छ । मृतक राईको परिवारमा २ छोरा र श्रीमति छन ।