दोर्पामा आगलागीबाट एकैसाथ ८ पशु मरे

  दिपेन्द्र खनाल  1463 पटक हेरिएको

सोलुखुम्बु – खोटाङको दिक्तेल रुपाकोट मझसवागढी नगरपालिका वडा नम्बर ७ दोर्पा दारुलाको एक मतानमा आगलागी हुदा ८ पशु मरेका छन । गत विहिबार राति भएको आगलागीमा परि स्थानिय बृख बहादुर दर्जी को मतान सहित १ ओटा गोरु, २ ओटा खसि, १ माउबाख्रा सहित २ ओटा पाठा, एक ओटा राँगा, १ भैसीको पाडा र एक ओटा गाइको बाच्छी मरेको जिल्लाप्रहरी कार्यालय खोटाङका प्रहरी निरिक्षक बेनु कार्कीले बताउनुभयो ।

यस्तै आगलागीबाट एक ओटा लैनो भैसी, एक वटा गोरु र एक वटा गाइ घाइते बनेका छन । दर्जिको मतानमा लागेको आगोले पशुचौपाया र मतानमा क्षति पु¥याउदा २ लाख ८५ हजार बराबरको क्षतिभएको अनुमान प्रहरीले गरेको प्रहरी निरिक्षक कार्कीले बताउनुभयो ।

आगलागीको एकिन कारण खोले पकाउन बालेको आगो ननिभाउदा भएको हुन सक्ने प्रहरीको प्रारम्भीक अनुसन्धानले देखाएको उहाँको भनाई छ । यस्तै आगलागी पिडित परिवारलाई दिक्तेल रुपकोट मझुवागढी नगरपालिका वडा नम्बर ७ ले ५ हजार रुपैयाँ आर्थिक सहयोगका साथै एक थानपाल र एक थान टनेल उपलब्ध गराई घाइते पशु लाई सुरक्षितबनाउन सहयोग गरिएको वडा अध्यक्ष हरी प्रसाद चौलागाँइले बताउनुभयो । उहाँले पिडित परिवारलाई राहतका लागी बिभिन्न निकायमा सिफरिस गरेको पनि जनकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार