साेलुखुम्बु – यातायात व्यवस्था कार्यालय ओखलढुंगाबाट हाल सम्म १ हजार ४४ जनाले सवारी चालक अनुमति पत्र प्राप्त गरेका छन । २०७७ साल फाल्गुन १४ गते कार्यालय स्थापना गरि त्यसको २ वर्ष पछि २०७९ साल फाल्गुन १४ गतेबाट सेवा दिन सुरु गरेको कार्यालयबाट सो संख्याका व्यक्तिले चालक अनुमति पत्र प्राप्त गरेका हुन । कार्यालयमा चालक अनुमति पत्रका लागी लिखित परिक्षको आवेदन दिएका १ हजार १ सय ७९ मध्ये ९ सय ६४ जनाले लिखित परिक्षा र १ हजार ४४ जनाले ट्रायल उत्तिर्ण गरेका छन । कार्यालयमा सबै भन्दा बढी मोटर साइकलका लागी चालक अनुमति पत्रका लागी आवेदन परेको कार्यालयको तथ्यांकमा उल्लेख छ ।
मोटरसाइकलको चालक अनुमति पत्रका लागी कार्यालयमा ९४८ जनाको आवेदन परेको बताइएको छ । आवेदन परेका मध्ये ९ सय ४५ जनाले लिखित परिक्षा दिएका थिए भने ७ सय ८४ जना उत्तिर्ण भएका थिए । यस्तै स्कुटरको लाइसेन्सका लागी लिखित परिक्षाको आवेदन दिएका १२० जना मध्ये १०५ जना उत्तिर्ण भएको बताइएको छ । यस्तै कार, जिप, भ्यानको लाइसेन्सका लाग आवेदन दिएका ८५ जना मध्ये ५७ जना उत्तिर्ण, टेम्पोको लाइसेन्सका लागी ९ जना मध्ये ६ जना र एक्साभेटर तथा ब्याकहोलोडर को लाइसेन्सका लागी आवेदन दिएका १७ जना मध्ये १२ जनाले लिखित परिक्षा उत्तिर्ण गरेका हुन ।
यता कार्यालयले लिएको लिखित उत्तिर्ण गर्ने र क्याटागोरी थप गन १ हजार ९ सय ९१ जनाले ट्रायल परिक्षाका लागी आवेदन दिएको कार्यालयले जनाएको छ । ति मध्ये १ हजार ८ सय ७८ जनाले ट्रायल दिएकोमा जम्मा १ हजार ४४ ले ट्रायल पास गरेका छन । जसमा मोटरसाइकलको चालक अनुमति पत्र लाइसेन्सका लागी १ हजार ३ सय ९० को आवेदन पर्दा १३ सय २८ जनाले ट्रायल परिक्षा दिएका थिए ति मध्ये ७ सय ३४ जनाले अनुमति पत्र प्राप्त गरेका छन भने अन्य फेल भएका छन ।
यस्तै स्कुटरको लाइसेन्सका लागी जम्मा १ सय ७२ जनाको आवेदन पर्दा,१५६ उपस्थीत, १६ अनुपस्थीत, ६९ फेल र ८७ जना पास भएका छन । कार वा जिपको लाइसेन्सका लागी ३४५ आबेदकले ट्रायलका लागी आवेदन दिदा ३२ जना अनुपस्थीत, ३१३ उपस्थीत, १८५ पास र १२८ जना फेल भएको कार्यालयले जनाएको छ । तिन चक्के टेम्पोको लाइसेन्स का लागी जम्मा १३ आवेदकले ट्रायलका लागी आवेदन दिएकोमा ८ जना पास भएका छन भने ५ जना फेल भएका छन ।
ट्याक्टरको लाइसेन्सका लागी १५ जना आवेदकले ट्रायल परिक्षाको आवेदन दिँदा ५ जनाले पास गरेका छन भने १० जना फेल भएका छन । मिनि बस मिनि ट्रकको लाइसेन्सका लागी ८ जना आबेदकले आवेदन दिएकोमा २ जना अनुपस्थीत, ६ जना उपस्थीत , ५ जना पास, १ जना फेल भएका छन । ट्रक÷वसको लाइसेन्सका लागी आएका ४५ जना आबेदक मध्ये १ जना अनुपस्थीत, ४४ जनाले ट्रायल दिएकोमा, १७ पास र २७ जना फेल भएको तथ्यांक कार्यालयसँग छ ।
यस्तै एक्सा भेटरको चालक अनुमति पत्रका लागी ३ जना आबेदकले ट्रायल परिक्षा दिएकोमा ३ जनानै पास भएको कार्यालयको तथ्यांक छ । यातायात व्यवस्था बिभाग ओखलढुंगामा सबैभन्दा धेरै सेवाग्राही सोलुखुम्बु र ओखलढुंगाका आउने गरेको तर पनि सेवाग्राहिको अपेक्षाकृत उपस्थीति नरहेको कार्यालयका सुचना अधिकारी बद्रि प्रसाद घिमिरेको भनाई छ ।