दिक्तेल बहुमुखी क्याम्पसलाई ५० हजार बराबरको खेल सामाग्री प्राप्त

  दिपेन्द्र खनाल
126 Shares

साेलुखुम्बु – दिक्तेल बहुमुखि क्याम्पसलाई ५० हजार बराबरको खेल सामाग्री प्राप्त भएको छ । आज दिक्तेल बहुमुखी क्याम्पस पुर्व विद्यार्थी मञ्चको सहयोगमा क्याम्पस प्रमुख हिरा कुमार राईलाई ५० हजार बराबरको बिभिन्न खेल सामाग्रि वितरण गरिएको हो । क्याम्पसको प्राज्ञिक तथा परामर्श समिति अन्तर्गतको अतिरिक्त कृयाकलाप समितिलाई उक्त खेल सामाग्रीहरु हस्तान्तरण गरिएको बताइएको छ ।

समितिले क्याम्पसलाई भलिवल १ थान, भलिवल नेट १ थान, फुटवल २ थान, पम्प सेट १ थान, ¥याकेट ४ थान, व्याडमिन्टन नेट १ थान, सरल सेट १ थान, चेस ५ बोर्ड, टेवलटेनिस व्याट ४ थान र पिङपङ ५ थान हस्तान्तरण गरिएको छ । बिद्यर्थीलाई पाठ्यक्रममा उल्लेख भएको शिक्षा मात्र प¥याप्त नहुने भएकाले विद्यार्थीहरुको सारिरिक मानसिक तथा सर्वाङ्गिण विकासका लागी पुर्व विद्यार्थी मञ्चले उपलब्ध गराएका खेलकुदका सामाग्रीले महत्वपुर्ण भुमिका निर्वाह गर्ने विश्वास आफुले लिएको क्याम्पस प्रमुख हिरा कुमार राईले बताउनुभयो ।

यस्तै उहाँले खेलकुदका माध्यमबाट विद्यार्थीमा आपसि सहयोग र सहकार्यको भावना जागृत गर्न पनि खेलकुदका सामाग्रीले सहयोग गर्ने उल्ल्ेख गर्नुभएको छ । यस अघि पनि पुर्व विद्यार्थी मञ्चले क्याम्पसलाई २५ हजार बराबरको पुस्तक उपलब्ध गराएको क्याम्पस प्रमुख राईको भनाई छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार