खोटाङको ऐसेलुखर्कमा लम्पी स्किन रोग नियन्त्रणमा रहेको पालिकाकाे दावि

  दिपेन्द्र खनाल  301 पटक हेरिएको

खोटाङको ऐसेलुखर्क गाउँपालिकामा महामारिको रुपमा फैलिएको पशुरोग लम्पी स्किन नियनत्रणमा आएको दावीगरिएको छ । ७ वटा वडा रहेको गाउँपालिकामा हाल लम्पी स्किन रोग नियन्त्रणमा रहेको गाउँपालिकाको पशु सेवाशाखाले जनाएको छ । संक्रमणकालिन अवस्थामा दैनिक ५० वटा सम्म पशुहरुमा यसको संक्रमण देखिने गरेकोमा अहिले भने दैनिक २ वटा सम्मपशुमा संक्रमण भेटिने गरेको गाउँपालिकाको पशु सेवा शाखाका प्रमुख प्रमोद राज भण्डारीले बताउनु भयो ।

गाउँपालिकाले उपचारात्मक अभियान सञ्चालन गरि लक्षण अनुसारको उपचार गरिरहेकाले नियन्त्रणमा आएकोबताइएकोे छ । गाउँपालिकाले यसका लागी भ्याक्सीन खरिद नगरेको तर लक्षण अनुसारको उपचार गरि लम्पि स्किन रोग नियन्त्रणमा ल्याएको हो । अहिले लम्पी स्किन वडा नम्बर २ माफाट्टफुट्ट देखिने गरेको बताइउको छ । गाउँपालिकामा लम्पी स्किन का कारण हाल सम्मकरिव १९ सय पशु संक्रमित बनेका छन । गाउँपालिकासँग भएको तथ्यांकमा १ हजार ८ सय ७२ पशु संक्रमित भएको देखिएको छ ।

संक्रमित पशुहरु मध्ये करिव ७ प्रतिशत पशु लम्पि स्किनको सिकार भएका छन । गाउँपालिकामा लम्पी स्किन महामारिका कारण १ सय २८ ओटा पशु मरेका छन् भने हाल २४ पशुमायसको संक्रमण रहेको छ । सुरुमा महामारि गाउँपालिकाको वडा नम्बर ५ र ६ बाट देखा परेकोले सबै भन्दा धेरै पशु वडा नम्बर ५ मा संक्रमित भएका थिए । उक्त वडामा महामारिबाट ४ सय ३१ पशु संक्रमित बनेको गाउँपालिका पशु सेवा शाखाका प्रमुख राजभण्डारीको भनाई छ । यस्तै सबै भन्दा कम पशु संक्रमित वडा नम्बर ३ मा रहेको बताइएको छ । सो वडामा १५२ वटापशु संक्रमितभएको पाइएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार