साेलुखुम्बु – लागातरको वर्षा पछि आएको बाढीले बगाएको दुधकोशी माथिको बेलिव्रिज पुनर्निर्माणको माग गर्दै सोलुखुम्बुका ३ स्थानीय तहका प्रमुखहरुले प्रधानमन्त्री प्रचण्डसँग ज्ञापन पत्र बुझाएका छन् । थुलुङदुधकोशी गाउँपालिका अध्यक्ष असिम राईको समन्वयमा सोताङ गाउँपालिका अध्यक्ष खिलराज बस्नेता र महाकुलुङ गाउँपालिका अध्यक्ष सुर्य कुलुङ सहितको टोलीले प्रधानमन्त्रि पुष्पकमल दाहाललाई भेटेर तत्काल पुल निर्माण गरिदिन संघिय सरकारसँग माग गरेका हुन् ।
प्रधानमन्त्री कार्यालय सिहंदरबारमा मुलकका कार्यकारी प्रमुखलाई भेट्दै जिल्लाका ३ स्थानीय सरकार प्रमुखले पुल अभावमा २ वटा पालिकासँग सडक सन्जाल नै टुटेको र हजाँरौ नागरिक प्रभावित भएको भन्दै पुल निर्मार्णको माग गरेका हुन् । भेटकै क्रममा प्रधानमन्त्री प्रचण्डले पुल निर्माणको काम तत्काल थाल्न भौतिक योजना मन्त्रिलाई निर्देशन दिएका छन् ।
प्रधानमन्त्रीले आफुहरुकै अगाडी भौतिक मन्त्रिलाई फोन गरेर तत्कालै पुल बनाउन निर्देशन दिनु भएको थुलुङदुधकोशी गाउँपालिका अध्यक्ष असिम राईले बताए । प्रधानमन्त्री कार्यालयले भौतिक पूर्वाधार मन्त्रालयलाई पुल बनाउने काम थाल्न पत्र नै लेखेको छ । प्रधानमन्त्रीले गम्भिरता पुर्वक लिएकाले पुल निर्माण कार्य चाँडै शुरु हुने महाकुलुङ गाउँपालिका अध्यक्ष कुलुङको विश्वास छ । सोलुखुम्बुको दिप्लीघाटस्थित दुधकोशी नदी माथिको पुल बाढिले बगाएपछि पुन बेलिब्रिज तत्काल निर्माण गर्न भन्दै त्यहाँका जनप्रतिनिधिहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ध्यानाकर्षण गराएका छन् ।
आज सिंहदरवारस्थिति प्रधानमन्त्रीको कार्यालयमै भेट गरी सोलुखुम्बुका तीन स्थानीय तहका जनप्रतिनिधिहरुले यथाशिघ्र पुल बेलिब्रिज निर्माण गर्न जोड दिएका हुन् । भत्कीएको पुलका बारेमा जानकारी लिँदै प्रधानमन्त्री पुष्पकमल दाहालले तत्काल पुन: निर्माण सुरु गर्न भौतिक तथा पूर्वाधार मन्त्री प्रकाश ज्वालालाई निर्देशन दिएका छन् । भेटका लागि सोलुखुम्बुका थुलुङदुधकोशी गाउँपालिकाका अध्यक्ष असिम राईको नेतृत्वमा कोशीपारिका सोताङ र महाकुलुङ गाउँपालिकाका अध्यक्षद्धय खिलाराज बस्नेत र सूर्य कुलुङ लगायत प्रधानमन्त्री कार्यालय सिंहदरवार पुगेका थिए ।
ध्यानाकर्षण पत्र बुझ्दै प्रधानमन्त्री प्रचण्डले दिप्लीघाटमा पुल तत्काल निर्माण गर्न सरकार तयार रहेको बताएका छन् । पुल भत्कीएर सोलुखुम्बुका दुई स्थानीय तहको सम्बन्ध विच्छेद भएको र जनताले पाएको कष्टका बारेमा अध्यक्ष राईले प्रधानमन्त्री प्रचण्डलाई अवगत गराएका थिए । थुलुङदुधकोशी गाउँपालिकाका अध्यक्ष असिम राई स्थलगत अवलोकन गरि आइतबार नै प्रधानमन्त्रीसंग भेट गर्न सोलुखुम्बुबाट काठमाडौँ हानिएका थिए ।