दुधकोशी हाइड्रोले प्रभावित जनतालाई अन्याय ग¥यो ः नेपाली कांग्रेस

साेलुखुम्बु – नेपाली कांग्रेस थुलुङ दुधकोशी गाउँपालिका गाउँकायर्समितिले दुधकोशी २ जलबिद्युत आयोजनाले माफिया तन्त्रलाई बढवा दिएको आरोप लगाएको छ । थुलुङ दुधकोशी गाउँपालिकामा निर्माण सुरु भएको ७० मेगावाटको दुधकोशी २ जलविद्युत आयोजनाले आयोजना प्रभावित क्षेत्रका जनतालाई पहँुचमार्ग तथा अन्य कार्य गर्दा वास्तविक सरोकारवालालाई अन्यौल बनाएको आरोप लगाएको हो । आज एक बिज्ञप्ती जारी गर्दै कांग्रेस पालिका कार्यसमितिले हाइड्रो पावर कम्पनिले आयोजना प्रभावित क्षेत्रका जनतालाई मुआव्जा दिने उत्तरदायित्व बाट पञ्छिएको जनाएको छ ।

यस्तै बिज्ञप्ती मार्फत कम्पनिले जग्गा अधिग्रहणका लागी सुचना प्रकाशन नगरेको छापामार शैलिमा पहुँचमार्ग निर्माण कार्य थालनी गरिएको आरोप कांग्रेसले लगाएको हो । कांग्रेसले स्थानिय सरकार जनताको पक्षमा नउभिएर दुधकोशी हाइड्रोसँगको मिलेमतोमा प्रभावित क्षेत्रका जनताले पाउनुपर्ने मुआब्जा लगायत क्षतिपुर्तिका साथै अन्य सेवा सुविधा बाट जनतालाई विमुख गराउने कार्यमा संलग्न भएको बताएको छ । “स्थानिय सरकारलेनै जनताको प्रत्यक्ष सरकोकारको विषयमा ध्यान नदिदा कतै स्थानिय सरकारका प्रमुखनै पर्दा पछाडिबाट अनुचित लाभजन्य चलखेलमा लागेको त हैन” भन्दै बिज्ञप्तीमा आशंका व्यक्त गरेको छ ।

जलविद्युत आयोजनाहरुले आयोजना प्रभावित क्षेत्रका जनताको भावना कदर गर्नुपर्नेमा लत्याएको बताएको होे । काग्रेस थुलुङ दुधकोशी गाउँ कार्यसमितिका कार्यवाहक सभापति सोमराज के.सी द्धारा हस्ताक्षरित बिज्ञप्तीमा कथित समृद्ध एवं सुरक्षाका प्रत्याभुति भएको गाउँपालिकामा सुरक्षा खै ?, कतै अप्रिय घटना घटाएर धमिलो पानीमा माछा मार्ने कोसीस त हैन ? भन्दै प्रश्न गरिएको छ ।

साथै बिज्ञप्ती मार्फत कांग्रेस गाउँ कार्यसमितिले जग्गा अधिग्रहणका लागी यथाशिघ्र सार्वजनिक सुचना प्रकाशन गरेर मात्र आयोजनाको कार्य सञ्चालन गर्न माग गरेको छ । यदि सुचना प्रकाशन नगरि कार्य सञ्चालन गरे असामान्य परिस्थीति निम्तीन सक्ने र त्यसको जिम्मेवार आयोजना निर्माता दुधकोशी हाइड्रोपावर नेपाल हुने चेतावनि समेत दिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार