केपिलासगढी गाउँपालिकाका ८ माविलाई स्मार्ट टिभि

  दिपेन्द्र खनाल
77 Shares

साेलुखुम्बु – खोटाङको केपिलासगढी गाँउपालिकाले पालिका मातहतका ८ माध्यमिक विद्यालयमा स्मार्ट टिभि वितरण गरेको छ । प्रविधिमैत्रि शिक्षालाई जोड दिने उद्देस्यले गाउँपालिकाको वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत स्मार्ट टिभि वितरण गरिएको गाउँपालिका अध्यक्ष समिर राईले बताउनुभो । गाउँपालिकाले जाल्पा मावि पिपलडाँडा, पृथ्बि मावि बाक्सिला, कुहुडाँडा मावि फेदी, शुक्रजित मावि खार्तम्छा, राष्ट्रिय मावि बाँस्पानी, थर्पु मावि सप्तेश्वर, रेणुका मावि दिप्सुङ र सूर्य मावि सुङदेल रहेकाछन् ।

मावि तहका विद्यार्थीहरुलाई प्रविधिमैत्रि शिक्षा आजको आवश्यक्ता रहेकोले यि विद्यालयहरुमा स्मार्ट टिभि जडानका लागी वितरण गरिएको राईको भनाई छ । पालिकाका हरेक विद्यालयमा इन्टरनेटको पहुँच पुगिसकेकोले शैक्षिक गतिविधिमा आधुनिक प्रविधिको उच्चतम प्रयोग गर्ने तयारि स्वरुप स्मार्ट टिभि वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।

विद्यालयमा हुने पठनपाठनलाई डिजिटलाइजेसन गर्दै आधुनिक शिक्षा प्रणलिको विकासमा स्मार्ट टिभिले सहयोग पुग्ने विश्वास लिएको गाउँपालिका अध्यक्ष राईको भनाई छ ।

गाउँपालिकाले स्मार्ट टिभि उपलब्ध गराएपछि प्रतिकृया दिदै प्रधानाध्यापकहरुले प्रविधिका माध्यमबाट पठनपाठन गराउँदा प्रभावकारी हुने बताएका छन । गाउँपालिकाले आर्थिक वर्ष २०८०/८१ को निति तथा कार्यक्रममा शिक्षाकोविकास सम्बन्धी पहिलो बुँदामा समेत शिक्षालाई प्रविधिमैत्री बनाइने उल्लेख गरेको छ ।

यस्तै गाउँपालिकाले तय गरेको बुहारी शिक्षा कार्यक्रम अन्तर्गत चालु शैक्षिक सत्रका लागी ७ जना बुहारीलाई विद्यालयमा भर्ना गराइसकेको छ । स्मार्ट टिभि वितरण कार्यक्रममा गाउपालिकाका अध्यक्ष समिर रार्ई, उपाध्यक्ष गुरुराज राई, शिक्षा शाखा प्रमुख सुरेन्द्र खनाल लगायत सम्बन्धीत विध्यालयका प्रधानाध्यापकहरुको उपस्थति रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार