नेचासल्यान गाउँपालिकाले २ दिने निशुल्क शिविर गर्दै

  हिमाल समाचार
70 Shares

हिन्दु नारीहरुको चाड हरितालिका तिजलाई लक्षित गरि सोलुखुम्बुको नेचासल्यान गाउँपालिकाले महिलाहरुका लागि निशुल्क स्वास्थ्य शिविर गर्ने भएको छ ।
महिलाहरुका लागि तल्लो पेट तथा स्तन रोग सम्बन्धि शिविर गर्न लागिएको पालिका उपाध्यक्ष विना राईले जानकारी दिनुभयो ।

प्राथमिक स्वास्थ्य केन्द्र नेचासल्यान २ मा हुने शिविरमा पाठेघर सम्बन्धि समस्याको पहिचान तथा उपचार तथा स्तन रोगहरुको पहिचान र उपचार गरिने पालिकाले जनाएको छ । गाउँपालिकाको आयोजना तथा विभिन्न सहयोगी संस्थाहरुको समन्वयमा भाद्र १७ र १८ गते २ दिन शिविर गर्न लागिएको हो ।

क्यान्सर सपोर्ट ग्रुप संस्थाको प्राविधिक सहयोगमा हुने शिविरमा स्तन र पाठेघर क्यान्सको स्कृनिङ गरिने छ भने आङ खस्ने महिलाहरुको लागि रिङपेसरी राखिनुका साथै तल्लो पेट तथा स्तन सम्बन्धि उपचार तथा परार्श दिईने छ ।

महिलाहरुको स्वास्थ्य प्रति पालिका सदैव संवेदशील रहेकाले शिविरको आयोजना गरि सबै महिलाहरुलाई स्वस्थ्य जीवन यापनको लक्ष्य राखिएको उपाध्यक्ष राईले बताउनु भयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार