साेलुखदुम्बु – राष्ट्रिय प्रजातन्त्र पार्टि खोटाङले सरकारले गाई मार्नेलाई राज्यले छुट दिँदा हिन्दु धर्मावलम्बीहरुको धार्मिक आस्था माथि गहिरो चोट पुगेको बताएको छ । आज जिल्ला प्रशासन कार्यालय खोटाङका सहायक प्रमुख जिल्ला अधिकारी पवित्र प्रकास शाह मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र पेश गर्दैै धरानमा गौ—वधगरि मासु खाएको भिडियो सामाजिक सञ्जालमा राखेको र त्यसको समर्थनमा उत्रिनेहरुलाई कारवाहिगर्न राप्रपाले माग गरेकोहो ।
राप्रपा खोटाङका अध्यक्ष ललित राईद्धारा हस्ताक्षरित ज्ञापन पत्रमा“बहुसंख्यकहिन्दु रहेको देशमा सनातन संस्कार मान्दै आएका सनातनिओमकार परवारलाई खुलाचुनौतिदिने, हिन्दुले बनाएको मन्दिरसँगै चर्च बनाउने र त्यसले सिर्जननागर्न सक्ने सामाजिक द्धन्द प्रति सरोकारवालापक्ष र सरकारका निकायले देखाएको निष्किृयताले समग्र हिन्दु धर्मावलम्बीहरुको आस्थामाथिगहिरो चोट पुगेको छ”भनेको छ ।
राप्रपाखोटाङले नेपालको संविधानमुलुकिअपराध संहिता २०७४ को उपदफा १५६ तथा २८९ विरुद्ध भएकागतिविधी उपर रोक लगाएर कानुनि उपचारको दायरामा ल्याउन पर्नेमा उल्टै सान्तीपुर्ण आन्दोलनमा रोक लगाएको प्रति ध्यानाकर्षण भएको बताएको छ । राप्रपाले विज्ञप्ती मार्फत संविधान र कानुनको विरुद्ध जानेलाई कारवाही गर्न र हिन्दु धर्मावलम्वी हरुको आस्था माथि धावा नबोल्न, सम्मान गर्न भन्दै अनुरोध गरेको छ ।