साेलुखुम्बु – खोटाङको बराहपोखरी गाउँपालिकाले चालु आर्थिक वर्ष २०८०/८१ को योजना सम्झौता कार्तीक देखि मात्रै सुरु गर्ने भएको छ । गाउँपालिकाको निति तथा कार्यक्रममा तय गरिएका योजना तथा कार्यक्रमहरुको कार्यान्वयनका लागी गरिने योजना सम्झौता कार्तिक पहिलो हप्ताबाट मात्रै सुरु हुने गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत विकेन पौडेलले बताउनुभयो ।
संघिय तथा प्रदेश अन्तर्गतबाट प्राप्त हुने बजेट समयमा नआउने भएकाले पनि योजना सम्झौतामा ढिलाइहुने अवस्था आएको पौडेलको भनाई छ । यद्यपि गाउँपालिकाले संघिय समपुरक अनुदान र प्रदेस समपुरक अनुदानतर्फका २ वटा आयोजनाहरुको भने ठेक्का प्रकृया सुरु गरिएको उहाँको भनाई छ ।
गाउँपालिकाले धाप्लाङघाट—सिन्ताङ—बराहपोखरी र धाप्लाङबाट—धर्तुङ—सिन्ताङ—बराहपोखरी सडकको मर्मत तथा स्तरोन्नतीका लागी ठेक्का आह्वान गरेको छ ।
भाद्र १० गते ठेक्का आह्वानको सुचना जारी गर्दे गाउँपालिकाले धाप्लाङघाट—सिन्ताङ—बराहपोखरी सडक स्तरोन्नतीका लागी २ करोड ६० लाख ८० हजार ९ सय ९३ रुपैयाँ र धाप्लाङबाट—धर्तुङ—सिन्ताङ—बराहपोखरी सडकको मर्मत तथा स्तरोन्नतीका लागी १ करोड ४८ लाख ७१ हजार ५ सय ६४ रुपैयाँको बोलपत्र आह्वान गरेको हो ।