साेलुखुम्बु – सोलुखुम्बुको सोताङ गाउँपालिका वडानम्बर ३ माचालु आर्थिक बर्ष २०८०÷८१ को लागि खानेपानीलाई प्राथमिक्तामा रापखएको छ । वडालाई प्राप्त कुल बजेट ३० लाख मध्येबाट वडामा विद्यमान खानेपानीको समस्या समाधान गरिने वडा अध्यक्ष गोकर्ण बस्नेतको भनाई छ ।
चालुआर्थिक बर्षमा वडामा खोपानीको क्षेत्रलाई प्राथमिकतामा राखेर कामगर्ने वडाअध्यक्ष बस्नेतले बताउनुभएको छ । खानेपानीको मिटर जडानको लागि वडाले १० लाख बजेट बिनियोजन गरेको उहाँको भनाई छ ।
त्यस्तै शिक्षा क्षेत्रको लागि ९ लाख बजेट बजेट छुट्याएको वडा कार्यालयले जनाएको छ । महिलाहरुका लागि अचार बनाउने सिपमुलक तालिम शहरुको आयोजना गर्नको लागी बजेटको व्यवस्थापन भएको वडा अध्यक्ष बस्नेतको भनाई छ ।
विनियोजित बजेट र स्थानिय श्रोत र साधनको उच्चतम सदुपयोग गर्दै स्वास्थ्यको क्षेत्रमा निशुल्क औषधि बितरण लगायतको कामगर्ने, खेलकुद र निर्माण कार्यको क्षेत्रमा कामगर्ने वडाअध्यक्ष बस्नेतको भनाई छ ।
काठमाडौँमा भएका वडाबासी हरुलाई उतैबाट सेवादिइने बताइएको छ । फरक सन्दर्भमा अध्यक्ष बस्नेतले गतआर्थिक बर्षमा वडाको प्रशासनिक भवन निर्माण भएपछि सेवामा सहजता भएको बताउनुभएको छ ।
हाल उक्त भवनबाट जनताले सहज रुपममा सेवा पाएको जिकिर गर्दै अध्यक्ष बस्नेतले वडामा शिक्षा स्वास्थ्य खानेपानी को क्षेत्रमा उल्लेखिय काम गरेको दावि गर्नुभयो ।