सोताङ गाउँपालिका–२ ले दियो काठमाण्डौँबाटै घुम्ती सेवा

५० बढी लाभान्वित

  सलिना लामिछाने
406 Shares

सोलुखुम्बुको सोताङ गाउँपालिका वडा नम्बर २ ले काठमाण्डौँबाट २ दिने घुम्ती सेवा प्रवाह गरेको छ ।

वडा कार्यालयले गत भदौ ५ र ६ गते शेर्पा पार्टी प्यालेस, गोकर्णेश्वर नगरपालिका ६ चामुण्डा मन्दिर, जोरपाटी, काठमाण्डौँ बाट सेवा प्रवाह गरेको हो । सोताङ गाउँपालिका वडा नम्बर–२ घर भई हाल काठमाण्डौँ बसोबास गर्दै आएका वडाबासीहरुलाई लक्षित गर्दै सुरु गरिएको घुम्ती सेवाबाट ५२ जना लाभान्वित भएको वडाध्यक्ष श्यामकुमार खालिङले जानकारी दिनुभयो ।

जसमा ६ जनाले जन्मदर्ता ,८ जनाले सामाजिक सुरक्षाभत्ता नविकरण, १० जनाले मालपोतको ,४ जनाले नागरिकता सिफारिस , ८ जनाले नागरिता प्रतिलिपी को सेवा लिएका छन् ।यस्तै ५ जोडीले विवाह दर्ता सेवा लिएका छन् ।

५ जनाको मृत्यु दर्ता सम्बन्धिको सेवा लिएको वडाध्यक्ष खालिङले बताउनुभयो ।सामान्य प्रशासनिक सेवा लिनकै लागि काठमाण्डौँदेखि हजारौँ खर्च गरेर वडा कार्यालयसम्म पुग्नुपर्ने नागरिकलाई घुम्ती सेवाले सहजता प्रदान गरेको वडाध्यक्ष खालिङको भनाई छ । यस प्रकारको सेवा आवश्यकताको आधारमा समय समयमा प्रवाह हुने वडा कार्यालयले जनाएको छ ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार