मकैमा भालुको रजाँइ, किसान मार्कामा

  गोमा बस्‍नेत
609 Shares

भालुले मकै बालीमा क्षती पु¥याउन थालेपछि सोलुदुधकुण्ड नगरपालिका रोशी र तामाखानीका कृषक चिन्तित बनेका छन् ।
घर नजिककै रहेको मकै बारीमा भालु आउन थाले पछि स्थानियमा क्रास उत्पन्न भएको छ ।

मर्कै बालीका लागि मात्र नभएर आफ्नो , बालबच्चा र वृद्ध वृद्धाको ज्यान जोगाउनलाई नै मुश्किल परेको रोशीका स्थानिय कल्पना बस्नेतले गुनासो गर्नुभयो ।

वर्षभरि बल्लतल्त एक बाली मात्र हुने क्षेत्र त्यसमाथि मेहनत गरेर लगाएको मकै बाली पाक्न नपाई जंगली जीवजन्तुले सखाप पार्न थालेपछि ६ महिना जति मात्र पुग्ने मकै बालीले अब ३ महिना पनि नपुग्ने भयो भन्ने चिन्ता थपिएको तामाखानीकि भिम कुमारी मगरले बताउनुभयो ।

भालुले अन्नबाली मात्रै सखाप गर्ने नभएर कतिवेला मानिसलाई पनि आक्रमण गर्छ भन्ने डर रहेको स्थानीयको गुनासो छ । साँझ पर्नासाथ भालु बारीमा आउने भएकाले गाउँघरमा हिड्डुल गर्नसमेत त्रास उत्पन्न भएको सल्लेरीकि प्रमिला बस्नेतले चिन्ता व्यक्त गनुभयो ।
जिल्लाको तामाखानी, बेनी, केरुङ, सिसाखोला, गार्मा, रोशी, जैदु, माप्यदुधकोशी गाउँपालिका , महाकुलुङ गाउँपालिका लगायत क्षेत्रमा भालुले विगत पाँच वर्षदेखि मानवीय र बालीनालीमा क्षति पु¥याउने गरेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार