माप्यदुधकोशी गाउँपालिकामा ४ दिने आधारभुत प्राथमिक उपचार सम्बन्धि तालिम दिईयो

  सलिना लामिछाने
294 Shares

सोलुखुम्बुको माप्यदुधकोशी गाउँपालिकामा ४ दिने प्राथमिक उपचार सम्बन्धि तालिम सम्पन्न भएको छ । रीड नेपालको आयोजना र माप्यदुधकोशी गाउँपालिका साथै रेडक्रस सोसाइटी जिल्ला शाखा सोलुखुम्बुको समन्वयमा तालिम आयोजना गरिएको गाउँपालिका उपाध्यक्ष गौरव राईले बताउनुभएको छ ।

तालिमका प्रशिक्षकद्धय जिल्ला नेपाल रेडक्रस सोसाइटी प्रदेश कमिटिका सदस्य पोकल दाहाल र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सोलुखुम्बुका मन्त्री दिपक राजभण्डारीले सहजिकरण गर्नुभएको थियो । तालिममा गाउँपालिका भरीका संघ–संस्था र युवाक्लबका २४ जना पदाधिकारीको उपस्थित रहेको बताईएको छ ।

माप्य दुधकोशी गाउँपालिका उपाध्यक्ष गौरव राईले भौगोलिक कठिनाइको दृटिकोणले बिरामीलाई समयमा अस्पताल पुर्याउन नसकिने अवस्था भएकाले प्राथमिक उपचारको सहायताले सहयोग मिल्ने बताउनुभएको छ ।

स्थानिय स्तरमा प्राथमिक उपचारक उत्पादन गर्ने उदेश्यका साथ तालिमको आयोजना गरिएकाले तालिम पश्चात गाउँपालिकाले दक्ष उपचार पाउने रीड नेपालका फिल्ड अफिसर तथा वातावरण विज्ञ तथा कार्यक्रम अधिकृत निरञ्जन रुपाखेतिको भनाइ छ । सहभागिहरुले पहिलो पटक प्राथमिक उपचारको तालिम लिन पाएकोमा खुशी व्यक्त गर्दै तालिम निकै उपयोगी हुने भएको बताएका छन् ।

तालिममा प्राथमिक उपचारको सिद्धान्त, प्राथमिक उपचारका चरणहरु, आकस्मिक उपचार, घाउ चोटपटक, जोर्नी तथा खुट्टाको चोटपटक लगायतका विषयमा तालिम दिइएको थियो । भदौ ९ गतेदेखि सुरु गरिएको तालिम माप्यदुधकोशी गाउँपालिकाको सभाहलमा सञ्चालित तालिममा ७ वटा वडाका २४ जनाको सहभागिता रहेको थियो । तालिम भदौ १२ गते मंगलबार सम्पन्न भएको गाउँपालिकाले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार