लुक्ला विमानस्थलमा ८ दिन पछि उडान सुरु, फाप्लुमा आज पनि रद्ध

  हिमाल समाचार
574 Shares

साेलुखुम्बु – ८ दिन पछि लुक्ला विमानस्थलमा आज उडान भएको छ । मौसम प्रतिकुल भएपछि अवरुद्ध भएको उडान आज भएको विमानस्थल प्रमुख हिराधन काफ्लेले बताउनुभयो । लुक्लामा आज तारा, समिट र सिता एयरका ३ वटा कम्पनिका विमानले उडान भरेका छन । मौसममा सुधार भए अव लुक्ला विमानस्थलबाट नियमित उडान हुने प्रमुख काफ्लेको भनाई छ ।

यता जिल्ला सदरमुकाम नजिकै रहेको फाप्लु विमानस्थलमा भने आजको तालिकामा रहेको नेपाल एयरलाइन्सको उडान रद्ध भएको छ । मौसमका कारण उडान रद्ध भएको विमानस्थल प्रमुख भानुभक्त आचार्यले बताउनुभयो । उहाँका अनुसार मौसममा सुधार आएको खण्डमा भोलि बिहिबारबाट उडान हुनसक्ने छ ।

फाप्लु विमानस्थलमा भाद्र १ र २ गते उडान भएको थियो । त्यसयता उडान रद्ध भइरहेको आचार्यको भनाई छ । सोलुखुम्बुमा पर्यटकीय सिजन सुरु हुनै लाग्दा मौसम प्रतिकुलताका कारण उडान अवरुद्ध भएपछि पर्यटनको क्षेत्रमा यसले नकारात्मक असर गर्ने देखिएको सरोकारवाला हरु बताउछन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार