सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका १ टाक्सीन्दुमा अवस्थित दुधकुण्ड पोखरी पुगेका भक्तजनहरुलाई नेपाली सेनाले प्राथमिक उपचार सेवा दिएको छ ।
४६३२ मिटर उचाईमा रहेको उक्त क्षेत्रमा नेपाली सेना दुर्गा बक्स गण सुरक्षा गुल्म सोलुखुम्बुले दुधकुण्ड मेलामा पुगेका २२५ जना भक्तजनलाई प्राथमिक सेवा दिएको मेजर कुल्दिप कुवँरले जानकारी दिनुभयो ।
जनै पुर्णिमाको अवसरमा दुधकुण्ड जाने भक्तजनलाई लक्षित गरी आयोजना गरेको निशुल्क प्राथमिक स्वास्थ्य शिविरमा भक्तजनहरुलाई सेवा दिइएको मेजर कुवँरले जानकारी दिनुभयो ।
सहस्र बेनि र दुधकुण्डमा सञ्चालन गरेको शिविरमा १५० जना पुरुष र ७५ जना महिलालाई सामान्य उपचार, ३ जनालाई अक्सिजन सहितको सेवा र एक जनालाई दुधकुण्ड देखि सहस्र बेनिसम्म इस्टेचरमा बोकेर ल्याएको जनाएको छ ।
धार्मिक तिर्थस्थल दुधकुण्ड उच्च स्थानमा रहेकोले भक्तजनहरुको स्वास्थ्य र यात्रा प्रति मध्यनजर गर्दै नेपाली सेनाले शिबिर गर्नुका साथै क्षेत्रको सरसफाई समेत गरेको मेजर कुवँरले बताउँनुभयो ।
।सोलुदुधकुण्ड नगरपालिकाको एक पर्यटकीय र धार्मिक स्थल कारेलुङ र नुम्बुरको फेदमा अवस्थित दुधकुण्ड जनैपूणिर्माको दिन भब्य मेला लाग्ने गर्दछ ।