साेलुखुम्बु – खोटाङको ऐसेलुखर्क गाउँपालिकामा योजना सम्झौता सुरु गरिएको गाउँपालिकाले जानएको छ । गाउँपालिकाले चालु र्आिर्थक वर्ष २०८०÷८१ का लागी तय गरेको निति तथा कार्यक्रमहरु कार्यान्वयनका लागी गाउँपालिकाले भाद्र महिनाबाट योजना सम्झौता सुरु गरेको जनाएको हो । ऐसेलुखर्क गाउँपालिकाले चालु आर्थिक बर्षकालागी बिभिन्न क्षेत्रमा ८४ वटा योजना तथा कार्यक्रमहरु निर्माण गरेको छ ।
यि सबै कार्यक्रमहरु बैशाख महिना सम्म सम्पन्न गरिसक्ने लक्ष लिएको गाउँपालिकाले भाद्र महिनामै योजना सम्झौताको प्रकृया खुल्ला गरेको हो । भाद्र महिनामा गाउँन्पालिकाले ३ वटा योजना सम्झौता गरिसकेको गाउँपालिका अध्यक्ष गिरेन्द्र बहादुर राईले बताउनुभएको छ । गाउँपालिकामा योजना सम्झौता सुरु गरिसकिएको र सम्भव हुने सम्मका कामहरु तत्काल सुचारु गर्न सकिने व्यवस्था मिलाइएको उहँँको भनाई छ ।
गाउँपालिकाले चालु आर्थिक बवर्षका योजना तथा कायक्रहरु सम्झौता गरि औपचारिकरुपमा असोज महिनादेखि कार्यान्वयन को चरणमा प्रबेस गर्ने भएको हो । बर्षातको मौसममा गरिएका निर्माण कार्यहरु दिर्घकालिन नहुने र बिभिन्न खाले जोखिमहरु हुने भएकाले हाल गाउँपालिकामा योजनाका काम हरु हुन नसकेको उहाँको भनाई छ ।
उहाँले गाउँपालिकामाचालु आर्थिक बर्षमा कृषि, शिक्षा र भौतिक पुर्वाधार निर्माणका क्षेत्रलाई क्रमशः प्राथमिकतामा राखिएको बताउनुभएको छ । गाउँपालिकालाई कृषिमा आत्मनिर्भर बनाउनका लागी कृषिका क्षेत्रमा बढी योजना तथा कार्यक्रहरु तर्जुमा गरिएको उहाँको भनाई छ । विकासका काम गर्नका लागी बिभिन्न कठिनाईहरु भएता पनि कठिनाइहरुलाई समाधान गर्दे जनतालाई विकासको अनुभुति हुने गरि काम अघि बढाउने उहाँले बताउनुभयो ।
यस्तै गाउँपालिकाले प्रविधि मैत्रि शिक्षालाई बढवा दिन सबै विद्यालयमा स्मार्ट टिभी जडानको योजना अघि सारिएको बताइएको छ । स्मार्ट टिभि मार्फत हेर्दे सिक्दै गर्न सकिने भएकाले त्यो प्रविधिले शैक्षिक क्षेत्रमा राम्रै उपलव्धी हासिल गर्न सक्ने उहाँके विवास छ ।