साेलुखुम्बु – खोटाङको रावाबेंसी गाउँपालिकाका कपडा उद्योगीहरुलाई चर्खा तथा कोरेसो वितरण गरिएको छ । गाउँपालिकामा राडिपाखि व्यवसाय गर्नेगुरुङ सामुदायलाई हरुलाइ ५० थान चर्खा र १ सय ५० थान कोरेसो वितरण गरिएको हो । गुरुङहरुको पुख्र्यौली पेशा राडीपाखी व्यवसाय गर्दैआएका महिलाको व्यावसायीक क्षमता विकासमा टेवा पुर्याउन आवश्यक सामाग्री प्रदान गरिएको गाउँपालिका अध्यक्ष पटिक श्रेष्ठले बताउनुभयो ।
आज वडा नम्बर ६ हौंचुरको पोखरी र चाँपखर्क तथा १ कुभिन्डेको गोपिनीका राडीपाखी व्यवसायी महिलालाई चर्खा र कोरेसो प्रदान गरिएको श्रोष्ठको भनाई छ । यस्तै गाउँपालिकाले भोलि वडा नम्बर ५ दुवेकोलमा पनि सामाग्री वितरण गर्ने उहाँको भनाइ छ । गाउँपालिकाले तय गरेको महिला लक्षित कार्यक्रम अन्तर्गत पाँच लाख रकमले १ सय ७० थान कोरेसो र ५० थान चर्खा खरिद गरिएको हो । यि सामाग्री प्राप्त भएपछि यहाँका महिलाहरुलाई राडिपाखि सम्बन्धी सामाग्रीहरु बनाउन सहज हुनेछ ।
यहाँका महिलाहरुले भेडाको उनबाट राडी, जमट, चकटी, ब्रुसकोट, लुकुनी, घुमराडी, दोचा लगायतका सामान बुन्ने गर्दछन । यि सामाग्री बनाउनका लागी चर्खा र कोरेसोको अभाव झेलिरहेका महिलाहरुलाई लक्षित गर्दै चर्खा र कोरेसो वितरण गरिएको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।
राडीपाखीको काम गर्ने अन्य राई, भुजेल, मगर समुदायका महिलालाई पनि चर्खा र कोरेसो उपलब्ध गराइने उपाध्यक्ष कौशिला कुमारी गुरुङले बताउनुभयो । गाउँपालिकाको सबै क्षेत्रमा राडिपाखिको व्इवसायिक एतपादन गर्न सकिने भएपनि हाल वडा नम्बर १ कुभिण्डे, ५ दुवेकोल र ६ हौंचुरका गुरुङ समुदायले यो पेशा गर्दै आएकाे संवाददाता प्रेम श्रेष्ठले बताउनुभएकाे छ ।