चाचालुङका १५७ विद्यार्थीलाई एक लाख बराबरको स्टेसनरी र खाद्यान्न सहयोग

  हिमाल समाचार  710 पटक हेरिएको

सोलुखुम्बु – सोलुखुम्बुको महाकुलुङ गाउँपालिका ५ चाचालुङ स्थित अम्बर ज्योति आधारभुत विद्यालयका विद्यार्थीहरुलाई १ लाख रुपैयाँ बराबरको स्टेसनरी र खाद्यान्न सहयोग प्राप्त भएको छ ।

माप्यदुधकोशी गाउँपालिका ७ का पर्यटन व्यवसायी तथा नेपाल शेर्पा ट्रष्टका अध्यक्ष ङवाङ वाङ्छु शेर्पाले विद्यालयका १५७ जना विद्यार्थी, ३१ जना शिक्षक, शिअस र विब्यसका पदाधिकारीहरुलाई आज विहीबार उक्त सामाग्री सहयोग गर्नुभएको हो ।

स्थानीय शिक्षक गोबिन्द कुमार कुलुङको पहलमा भएको उक्त कार्यक्रम विब्यस अध्यक्ष पन्चराम राईको अध्यक्षतामा सम्पन्न भएको संवाददाता युमन राईले जानकारी दिनुभयो ।

समाजसेवी शेर्पालाई विद्यालयले मायाको चिनीको साथमा प्रसङ्सापत्र प्रदान गरेको छ ।

नेपाल शेर्पा ट्रष्टले विगत ४ बर्षदेखी महाकुलुङ क्षेत्रका अनाथ बालबालिकाहरुलाई स्टेसनरी, खाद्यान्न लगायतका सामाग्री सहयोग गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार