सोलुखुम्बु : सोलुखुम्बुको थुलुङदुधकोशी गाउँपालिका १ स्थित नेले आधारभुत विद्यालयको सामाजिक लेखा परीक्षण आज एक कार्यक्रम गरी सम्पन्न भएको छ ।
थुलुङदुधकोशी गाउँपालिका १ नम्बर वडाका वडाअध्यक्ष तथा शिक्षा समितीका संयोजक घनराज सुनुवारको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा आर्थिक वर्ष २०७९÷८० को सामाजिक लेखा परीक्षण गरिएको विद्यालयका प्रध्यानध्यापक सार्क नेपालीले जानकारी दिनुभयो ।
विद्यालयको आम्दानीतर्फ ३६ लाख १८ हजार ९ सय ४८ पैसा त्यस्तै खर्च तर्फ ३२ लाख ५४ हजार २ सय ३५ पैसा र बचत तर्फ ३ लाख ७३ हजार ७ सय १३ रुपैया बचत भएको प्रध्यानध्यापक नेपालीले बताउनुभएको छ ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समतिका अध्यक्ष लोकनाथ सुनुवार, शिक्षक अभिभावक संघका अध्यक्ष डेम बहादुर भुजेल लगायत अभिभावक, शिक्षक एवम् अन्य सरोकारवालाहरुको लगायतको उपस्थितीमा कार्यक्रम सम्पन्न भएको हो ।