सोताङमा सुरु भयो माओवादी रुपान्तरण अभियान

  सलिना लामिछाने  84 पटक हेरिएको

सोलुखुम्बुको सोताङ गाउँपालिकामा जनतासँग माओवादी विशेष रुपान्तण अन्र्तगतको अभियानको सुरुवात गरिएको छ । शुक्रबार वडा नम्बर १, ३ र ५ मा एकै साथ सांगठनिक अभियान सुरु गरिएको हो ।


प्रत्येक बैठक तथा भेटघाट कार्यक्रममा सदस्यता नविकरण गरिने नेकपा माओवादी गाउँपार्टी कमिटीका सचिव धन कुमार बिश्वकर्माले बताउनुभएको छ । उहाँका पालिकाभरी यो अभियान ३ महिना सम्म सञ्चालन हुने छ ।

जनतासंग माओवादी, विशेष रुपान्तरण अभियान“ भन्ने मुल नाराको साथ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) जिल्ला समन्वय समिति सोलुखुम्बुको तेस्रो पूर्ण बैठक एक हप्ता अगाडी सम्पन्न भएको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार