साेलुखुम्बु – आजबाट देशैभर गाइजात्रा सुरु भएको छ । देशका बिभिन्न स्थानमा रहेका नेवार समुदायहरुले आफ्नो रिती रिवाज अनुसार यो पर्वलाई मनाएका छन । आजबाट ८ दिन सम्म मनाइने गाइजात्रा पर्वलाई खोटाङको सदरमुकाम दिक्तेल बजारका नेवार सामुदाले बिशेष महत्वका साथ गाइजात्रा मनाएका छन ।
दिक्तेल बजारका नेवार समुदायले आफ्ना मृतक परिवारिक सदस्यको तस्वीर झुण्डाइएको प्रतिमुर्ति स्थापना गरि बजार परिक्रमा गरेका छन । यसो गर्नाले यमराज अर्थात् मृत्युका देवताको पूजाअर्चना गरेमा मृत आत्माहरुले मुक्ति पाउने जनविश्वास पनि रही आएको बताउँछन । गाईजात्रा निकाल्दा गाईलाई अघिअघि लाएर जात्रा निकालिन्छ गाई नभएमा कुमार केटोलाई गाई जस्तै बनाएर अघि लाइन्छ ।
विभिन्न मुखुण्डो र रङ्गीचङ्गी पोसाक लगाएका मान्छेहरू बाजागाजाका साथ बेग्लै खाले ध्वजा पताकाहरू तथा बितेका आफन्तजनको तस्बिर सहित जात्रामा समावेश हुन्छन् । जिल्लाको नेवार समुदायको मुल बसोबास रहेका क्षेत्रहरु दिक्तेल बजार ऐसेलुखर्क बजार, पाथेका, खोटेहाङमा गाइजात्रा मनाइएको छ ।
गाईजात्रा काठमाण्डौको प्रमुख चाड भएता पनि देशका अरू ठाउँ र सहरमा पनि गाई जात्राको मनाइँदै आइएको छ । आजको दिन हाँस्य कलाकारहरु आ–आफ्ना प्रहसन, व्यङ्ग्य र हाउभाउले हामीलाई हँसाउन अनेक तयारीका साथ उपस्थित हुने यस चाडमा राजा, रैती, कर्मचारी, सिपाही र चिया पसलेसम्मलाई पेच हान्ने चलन छ ।