साेलुखुम्बु – नेकपा माओवादी केन्द्रको आन्तरिक बिशेष अभियान भोलि १६ गतेबाट देशैभर सुरु हदै छ । आफ्नो संगठन सुदृढिकरणका साथै रुपान्तरणको एजेण्डा लिएर माओवादी केन्द्रले देशैभरका ६ हजार ४ सय ४३ वटै वडाहरुमा आफ्ना प्रतिनिधी परिचालन गरि अभियानको प्रारम्भ गर्न लागेको छ । यसैक्रममा सोलुखुम्बुमापनि जनतासँग माओवादी बिशेष रुपान्तरण अभियानको सुरुवात गर्ने भन्दै पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ ।
आज नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समितिको कार्यालय सल्लेरीमा पत्रकार सम्मेलन गर्दे माओवादीले अभियानको भोलि दिउँसो १ बजे प्राधानमन्त्री तथा केन्द्रिय अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भर्चुअल रुपमा औपचारिक उद्घाटन गर्ने जानकारी दिएको हो । अभियान सञ्चालनका लागी सोलुखुम्बुमा माओवादीका केन्द्रिय सदस्य एकचन्द्र बराल (निर्मल) केन्द्रिय प्रतिनिधी को रुपमा खटिएर आएको बताएको छ ।
जिल्लाका आठ ओटै पालिकाका ५२ वटा वडामा भोलि एकैपटक माओवादीले अभियान प्ररम्भ गर्ने र निरन्त्र अगाढी बढ्ने जिल्ला सचिव नाम्गेल शेर्पाले बताउनुभयो । जिल्लामा ३ महिने आन्तरिक बिशेष अभियानका लागी ७ जना केन्द्रिय प्रतिनिधी तथा २१ जना प्रदेश समिति का प्रतिनिधीहरुले यो अभियान सञ्चालन गर्ने छन । जिल्लाको सोलुदुधकुण्ड नगरपनलिकाका लागी केन्द्रिय प्रतिनिधी एकचन्द्र बराल तथा प्रदेश समितिबाट नाम्गेल शेर्पा, सुनिता राई, मेनुका पुरी, रिमा कुलुङ, गौरव राई प्रतिनिधीको रुपमा रहेका छन ।
यस्तै माप्य दुधकोशी गाउँपालिकाको लागी एकचन्द्र बराल केन्द्रिय प्रतिनिधी, जुद्ध बहादुर कार्की, अनिश राई, डम्बर बहादुर बस्नेत प्रदेश प्रतिनिधीको रुपमा खटिएका छन । थुलुङ दुधकोशी गाउँपालिकाको लागी केिन्द्रय प्रतिनिधी लोचन के.सी, प्रल्हाद राई, गणेश राई, केसव बहादुर राई, अमृता राई र जनक राई प्रदेश प्रतिनिधीको रुपमा खटिएका छन । नेचासल्यान गाउँपालिकाकोलागी केन्द्रिय प्रतिनिधी लोचन केसी, प्रदेश प्रतिनिधीहरु महेन्द्र बहादुर राई र दिल बहादुर नेपाली खटिएका छन ।
यसैगरि लिखपिके गाउँपालिकाको लागी केन्द्रिय प्रतिनिधी रामहरी कार्की र प्रदेश प्रतिनिधी हिमाल गिरी छन । सोताङ गाउँपालिकाको लागी केन्द्रिय प्रतिनिधी रामहरि कार्की र प्रदेश प्रतिनिधी ठमनाथ पराजुलि, महाकुलुङ गाउँपालिकाको लागी शंकर राई केन्द्रिय प्रतिनिधी र ठमनाथ पराजुलि प्रदेश प्रतिनिधी खटाइएको जनाइएको छ ।
खुम्बु पासाङ ल्हामु गाउँपालिकाको लागी प्रदेश कार्यालयबाट असिम राई र गौरव राई खटाइएको जानकारी दिइउको छ । यस ३ महिने अभियानमा माओवादी सोलुखुम्बुका ५२ वटा वडाका हरेक जनाताबो घरमा पुगेर उनिहरुको गुनासो प्रतिकृया सुन्ने र आफ्ना कामहरुबारे जनतालाई जानकारी गराइने पत्रकार सम्मेलनका प्रमुख अतिथी तथा सोलुखुम्बु प्रसतिनिधी माओवादी केन्द्रका केन्द्रिय सदस्य एकराज बरालले बताउनुभयो ।