खुम्बु पासाङल्हमुमा माओवादी केन्द्रको रुपान्तरण अभियान शूरु

  गोमा बस्‍नेत  342 पटक हेरिएको

सोलुखुम्बु : सगरमाथाको फेदमा अवस्थित खुम्बुपासाङल्हमु गाउँपालिकामा माओवादीको ३ महिने पार्टी रुपान्तरण अभियान शुरु भएको छ ।


जिल्ला भरि नै एकै साथ सबै वडामा अभियान शुरु गरेको माओवादी केन्द्रले खुम्बु पासाङल्हमुमा भने शहिद परिवारलाई सम्मान गरेर अभियानको थालनी गरेको छ ।


प्रदेश समिति सचिवालय सदस्य तथा जिल्ला संयोजक असिम राईले जनयुद्धका शहिद सोनाम र हेमन्तको आमा र दिदीलाई दोसल्ला ओढाएर सम्मान गर्नु भएको छ । त्यस्तै न्यु डाईमण्ड क्लबका युवाहरुलाई भलिबल र नेट साथै तालिम सामागी वितरण गरिएको जिल्ला संयोजक असिम राई जानकारी दिनुभयो । समाज रुपमान्तरणमा  शहिदहरुको बलिदान अविस्मरणीय रहेको संयोजक राईको भनाई छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार