प्रवेश किराँतीको संयोजकत्वमा युवा संघ सोलुको आयोजक कमिटी

  गोमा बस्‍नेत
700 Shares

सोलुखुम्बु : राष्ट्रिय युवा संघ नेपाल सोलुखुम्बुले आठौं जिल्ला सम्मेलन आयोजक कमिटी गठन गरेको छ ।जिल्ला पार्टी कार्यालय सल्लेरीमा शनिबार सम्पन्न भेलाले प्रवेश किरांतीको संयोजकत्वमा एक सय एघार सदस्यीय सम्मेलन आयोजक कमिटी गठन गरेको हो ।

युवा संघका केन्द्रीय उपाध्यक्ष तथा कोशी प्रदेशका उत्प्रेरक कृष्णहरि केसीको प्रमुख आतिथ्यता, पार्टी कमिटीका अध्यक्ष डुफकुमार बास्तोलाको विशेष आतिथ्यतामा सम्पन्न भएको भेलाले आयोजक कमिटीहरुमा सह संयोजकमा साजन मगर, सचिवमा किशोर कट्वाल,आर्थिक विभाग प्रमुखमा प्रमोद श्रेष्ठ, प्रचार विभाग प्रमुखमा संगम राई र संगठन विभाग प्रमुखमा श्रवण कार्कीलाई चयन गरेको पार्टी कमिटिका अध्यक्ष डुफ कुमार बास्तोलाले जानकारी दिनुभयो ।

भेलामा युवा ईन्चार्ज वीर उदाश श्रेष्ठ तथा पार्टी सचिवालय सदस्य कल्पना राईको उपस्थित रहेको थियो ।जिल्ला सम्मेलनको मिति भने जिल्लाका आठवटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएपछि मात्र तोकिने बताईएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार