सुनौलो शिक्षा नेपाल स्टे एट स्कुलले होस्टेलहरुलाई व्यवस्थित गर्दै

  सलिना लामिछाने
287 Shares

सोलुखुम्बु ःहिमाली जिल्ला सोलुखुम्बुका विभिन्न ५ स्थानमा संचालित होस्टेलहरुलाई सुनौलो शिक्षा नेपाल स्टे एट स्कुलले थप व्यवस्थित गर्ने भएको छ । आज सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा सरोकारवालाहरुका बिचमा स्टे एट स्कुलले एक अन्तरक्रिया कार्यक्रमको आयोजना गरि जुनवेशी, भकान्जे, लोखिम , नेले र बासाखाली होस्टेल परियोजनालाई व्यवस्थित गरेर लैजाने निष्कर्ष निकालेको हो ।
कार्यक्रममा स्टे एट स्कुल बाट सञ्चालित होस्टल भएका विद्यालयको शिक्षा र साझा कार्याशाला को अन्र्तक्रिया भएको स्टे एट स्कुलका कार्यक्रम अधिकृत प्रदिप थापाले जानकारी दिनुभयो । उक्त कार्यक्रममा विद्यालयका प्रध्यानध्यापक, विद्यालय व्यवस्थापन समतिका अध्यक्ष र शिक्षक अभिभावक संघका सदस्यको उपस्थित रहेको थियो ।

कार्यक्रम जिल्लाका सरकारी विद्यालयमा गुणस्तरीय होस्टल बनाउने विषयमा केन्द्रित रहेको संस्थाका कार्यकारी निर्देशक गेले राप्के भोटेले बताउनुभएको छ । उक्त संस्थाले आफ्नो साझेदार विद्यालयहरुमा उच्च शिक्षा अध्ययन गर्नका लागि सहयोग गर्दे आएको छ । उक्त होस्टलका लागि लिखुपिके गाउँपालिका ५ नम्बर वडा बाट ५ लाख, थुलुङदुधकोशी गाउँपालिका ९ लोखिमबाट २ लाख, सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर २ बाट २ देखि ३ लाख सम्म होस्टल व्यवस्थानपनको लागि रकम दिईने जानकारी गराईएको छ । स्टे एट स्कुलको होस्टल परियोजनाबाट अहिले सम्म ५ सय ५१ जना विद्यार्थि लाभान्वित भएको कार्यक्रम अधिकृत थापाले बताउनुभको छ । त्यस्तै स्टे एट स्कुल फेलोशिप को १ सय २६ जना विद्यार्थिहरुलाई छात्रवृत्ति र मेन्टरिङ समर्थन प्रदान गरिएको बताइएको छ । संस्थाले सन् २०१७ सालदेखि काम गर्दे आएको छ । युकेको सहयोगबाट संचालनमा आएको संस्थाले सोलुखुम्बु जिल्लाको विभिन्न ठाउँमा होस्टल सञ्चालन गरेर काम गर्दे आएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार