दुधकुण्ड पोखरी मेलामा यस वर्ष ७५ प्रतिशतले भक्तजन घटे

  हिमाल समाचार  430 पटक हेरिएको

साेलुखुम्बु – यस वर्षको जनै पुर्णिमामा लागेको मेलाको अवसरमा दुधकुण्ड पोखरी दर्शन गर्न जाने पर्यटकको संख्यामा कमि आएको छ ।  भदौ १४ गते जनै पुर्णिमाको अवसरमा सोलुदुकुण्ड नगरपालिका १ टाक्सीन्दु स्थीत दुधकुण्ड पोखरीमा लागेको मेलामा दर्शन गर्ने भक्तजनको संख्यामा यस वर्ष कमि आएको बताइएको हो ।

अघिल्लो वर्ष करिव २ हजारले भक्तजनले दुधकुण्ड पोखरी भ्रमण गरेकोमा यस वर्ष भने ५ सयको हाराहारीमा मात्रै भक्तजन त्यहा पुगेको बताइएको छ । समग्रमा दुधकुण्ड मेला भर्न जाने पर्यटकको संख्या यस वर्ष ७५ प्रतिशत घटेको दुधकुण्ड सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष ङति शेर्पाले बताउनुभयो ।

यस्तै भक्तजनको संख्यामा कमि आएसँगै उक्त धार्मिकस्थलमा हुने भेटी संलनमा समेत यो वर्ष कमि आएको छ । अघिल्लो मेलामा दुधकुण्ड पोखरीमा ६० हजार बढी भेटि संकलन भएकोमा यस वर्ष भने ४५ हजार मात्रै भेटि संकलन भएको उहाँको भनाई छ । मेलाको अवसरमा भक्तजनले दुधकुण्ड पोखरी क्षेत्रमा ३ वटा मुर्ति स्थापना गरेको अध्यक्ष शेर्पाले बताउनुभयो । करिव २ लाख बरावरको मुर्ति दुधकुण्ड सामुदायिक वनका वुर्व अध्यक्ष फु ग्याल्जेन शेर्पाले स्थापना गर्नुभएको हो ।

साथै उहाँले अन्य बिभिन्न खालका धार्मि सामाग्री  हरुपनि उक्त पोखरीमा स्थापना गरिएको मन्दिरमा चढाउनुभएको छ । उहाँले मन्दिर क्षेत्रमा २ सय १६ वटा दिप प्रज्वलनका लागी दियो पनि चढाउनुभएको अध्यक्ष शेर्पाले बताउनुभयो । समुन्द्रि सतहबाट करिव ४ हजार ६ सय मिटरको उचाइमा रहेको सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका १ स्थीत दुधकुण्ड पोखरीमा हरेक वर्षको जनै पुर्णिमामा मेला लाग्ने गर्दछ ।

विशेष धार्मिक महत्व बोकेको उच्च हिमाली क्षेत्रमा रहेको धार्मिक स्थलमा यस वर्ष सोलुखुम्बु, ओखलढुंगा, रामेछाप लगायतका जिल्लाबाट भक्तजनहरु दर्शनमा आएको बताइएको छ ।

जिल्ला सदरमुकमा वाट सुदुरमा अवस्थीत यस पर्यटकिय क्षेत्रलाई व्यवस्थीत बनाउन स्थानिय तहपनि प्रयासरत रहेको सोलुदुधकुण्ड नगरपालिका १ का वडा अध्यक्ष छोङवा शेर्पाले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार