चुच्चे नक्सा नसमेटेको बारे चीनसँग कुरा गर्ने परराष्ट्रमन्त्रि साउदको भनाई

नाङपाला नाका खोल्न पहल गरिने

  हिमाल समाचार
161 Shares

परराष्ट्रमन्त्रि नारायण प्रकाश साउदले नेपालको चुच्चे नक्सा हटाएर चीनले सार्वजनिक गरेको नक्सा बारे चीनसँग कुरा हुने बताउनु भएको छ । नेपाल प्रेस युनियन सोलुखुम्बुले सदरमुकाम सल्लेरीमा सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै परराष्ट्रमन्त्रि साउदले प्रधानमन्त्रिको नेतृत्वमा आफु सम्मिलित आसन्न चीन भ्रमणमा सिमा विवादको विषयमा कुरा हुने बताउनु भएको हो ।
अघिल्ला सरकारको परिपक्वता नपुगेकाले सिमा विवाद बल्झिएको भन्दै नेपालको संसदले पास गरेको चुच्चे नक्साको कार्यान्वयनका लागि सबै देशसँग तत्काल कुटनीतिक पहल गर्ने बताउनु भएको हो ।


प्रधानमन्त्रिको आसन्न चीन भ्रमणको प्राथमिक्तामा कृषि र  हुने परराष्ट्रमन्त्रिको भनाई छ । यस अघि चीनका राष्ट्रपतिको भ्रमणको बेला घोषणा भएका अनुदानको कार्यान्वयनको सवाल पनि चीन सँग उठाउने उहाँको भनाई छ ।

नेपाल सँग सिमाना जोडिएका सोलुखुम्बुको नाङपाला नाका देखि अन्य एक दर्जन नाका खुलाउन पनि चीन सरकारसँग आग्रह गर्ने सरकारी तयारी रहेको उहाँले बताउनु भयो । प्रेस युनियनका जिल्ला अध्यक्ष सन्तोष राउतको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेस सोलुखुम्बुका पार्टी सभापति नाम्गेलजाङ्बु शेर्पा, नेपाली काँग्रेस ओखल्ढुंगाका पार्टी सभापति तेजेन्द्र खनाल लगायतको उपस्थिति रहेको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार