पहाडी जिल्लाहरुमा चट्याङको जोखिम बढ्दो, सोलुमा ५ वर्षमा चट्याङ लागेर ३ जनाको मृत्यु ५ घाइते

  हिमाल समाचार
357 Shares

सोलुखुम्बु : मनसुन बाहिरिने अर्थात पोष्ट मनसुन शुरु भएसँगै हिमाली तथा पहाडी जिल्लामा चट्याङ र हावाहुरीको जोखिम बढेको छ । हिमालि जिल्ला सोलुखुम्बुमा पनि चट्याङ लगायतका विपत्तिहरुको जोखिम बढेको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ ।
अग्ला डाँडाँ तथा विद्युत प्रवाह भएको ठाउँमा चट्याङको उच्च जोखिम हुने गरेको छ । सोलुखुम्बुमा विगत ५ बर्षमा चट्याङका घटनाबाट ३ जना को मृत्यु ५ जना मानिस घाइते भएका छन भने ५ पशु मरेका छन ।
आर्थिक वर्ष २०७५/७६ देखि गत आर्थिक वर्ष २०७९/८० सम्म चट्याङबाट जिल्लामा ३ जनाले ज्यान गुमाएका हुन । आर्थिक वर्ष २०७६/७७ को वैशाख ५ गते चट्याङबाट महाकुलुङ गाउँपालिकाकी एक महिलाको चट्याङ लागेर ज्यान गएको थियो ।
त्यस्तै आर्थिक वर्ष २०७७/७८ मा चट्याङ लागेर एक पुरुषको मृत्यु भएको थियो भने एक महिला घाइते भएकि थिइन । मृत्यु हनेमा लिखुपिके गाउँपालिका ५ भकान्जेकान एक पुरुष रहेका छन ।
यस्तै आर्थिक वर्ष २०७८/७९ मा चट्याङबाट एकको मृत्यु एक घाइते सँगै २ पशु चौपाया मरेका थिए । मृत्यु हुनेमा थुलुङ दुधकोशी गाउँपालिकाका ७ वर्षिय वालक रहेको प्रहरीको तथ्याङ्कमा उल्लेख छ । यस्तै आर्थिक वर्ष २०७९/८० मा जिल्लामा चट्याङजन्य घटनाबाट २ पुरुष र एक महिला गरि ३ जना घाइते भएका छन ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार