जनताका आवश्यक्ता प्रमुख प्राथमिकतामा राखेको मेयर खनालको भनाई

  हिमाल समाचार  163 पटक हेरिएको

सोलुखुम्बु :ओखलढुंगाको सिद्धिचरण नगरपालिकाले जनताका आवश्यक्तालाई ध्यानमा राखेर काम गरिरहेको मेयर तेजेन्द्र   खनालले बताउनुभएको छ । हिमाल एफ एमसँग कुराकानी गर्दे मेयर खनालले नगरपालिकामा जनताका आवश्यक्तालाई केन्द्रमा राखेर विभिन्न कामहरु गरिरहेको बताउनुभएको हो ।

मेयर खनालले नगरपालिकामा आफु निर्वाचित भएपछि जनताका आधारभुत आवश्यक्ताहरु खानेपानी, विद्युत, सडक जस्ता क्षेत्रहरुमा विभिन्न योजना बनाएर काम गरिरहेको बताउनु भएको छ । नगरपालिकाले आफ्नो कार्य क्षेत्रभित्रका जनताले खोजेको विकास निर्माण र रोजगारी भएकाले आफुहरु त्यसप्रति गम्भिर भएको उल्लेख गर्नुभएको छ ।

आफु निर्वाचित हुनुभन्दा अगाढी नगरपालिकाका सबै क्षेत्रमा विद्युतको पहुँच नभएको उल्लेख गर्दे अहिले त्यो अवस्था धेरै हद सम्म कम गर्न सकिएको बताउनुभएको छ । मेयर खनालले नगरपालिकासँग सिमित श्रोत साधन भएकाले आफुहरुले सोचेअनुरुपको विकास गर्न असक्षम भएको महशुस गरिरहेकोले आउने दिनमा जनतालाई सरकार भएको अनुभुति गराउन हर प्रयास जारी रहेको बताउनुभएको छ ।

नगरपालिकालाई विकासका लागी पर्यात बजेट उपलब्ध गराउने आफ्नो पहल प्रदेश र केन्द्र तहको सरकारसँग निरन्तर रहेको भन्दै जनताले गुनासो गर्ने ठाउँ राख्ने गरि काम नगर्ने प्रयास गर्ने उहाँको भनाई छ ।

नगरपालिकाको समृद्धिका लगी आन्तरिक श्रोतको विकास, पर्यटकिय क्षेत्रको प्रवद्र्धन र उद्यमशिलताका क्षेत्रलाई प्राथमिकताका साथ अगाढी बढाएको उहाँको जिकिर छ ।

आन्तरिक श्रोतको वृद्धि गराउन नगरपालिकाले पर्यटकिय क्षेत्रहरुको विकासका लागी संभाव्यता अध्ययन गरिरहेको, सञ्चालित व्यापार व्यवसायहरुलाई करको दायरामा ल्याएर राजस्व संकलनमा वृद्धि गर्नका लागी सरोकावालाहरुसँग छलफल तिब्र परिएको उहाँको भनाई छ ।

हिमालि क्षेत्रको जिल्लाको नगरपालिका भएकाले पनि विकासका क्षेत्रमा भौगोलिक चुनौति हरुको सामाना गरिरहनुपरेको अवस्था भएकाले पनि काम गर्न केहि कठिनाइ आउने गरेको उहाँको भनाई छ ।

कठिनाइका बावजुद पनि नगरपालिकाको टिम मजबुद भएकाले समाधान गर्नमा सहज परिस्थिती निर्माण हुने पनि मेयर खनालको भनाई छ । मेयर खनालले नगरपालिका आउने आथिृक वर्षमा कृषिको क्षेत्रलाई विषेश प्राथमिकता दिएर काम गर्ने पनि बताउनुभएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार