सोलुखुम्बु : सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा आज नेपाल रेडक्रस सोसाईटीको ६१ औँ स्थापना दिवस मनाइएको छ । नेपाल रेडक्रस सोलुखुम्बु शाखाको आयोजनामा रेडक्रस जिल्ला शाखाका सभापति रामकाजी श्रेष्ठको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा रेडक्रस शाखाले विभिन्न समयमा आर्थिक तथा अन्य सहयोग गरेका संस्थाहरुलाई सम्मान गरेको छ । नेपाल लाइफ इन्स्युरेन्स, नेपाल रेडक्रस सोसाइटी उपशाखा टाक्सिन्दु , सोलुदुधकुण्ड नगरपालिका वडा नंं १ टाक्सिन्दु , रेडक्रसको झण्डा सगमाथाको चुचुरोमा सर्वप्रथम फैलाउँने मिङ्मार शेर्पा र यहि भदौ १४ गते दुधकुण्ड मेलामा स्वयंमसेवक खटिएका टाक्सिन्दु उपशाखाका १० जनालाई सम्मान गरेको जिल्ला रेडक्रस सोसाइटी सोलुखुम्बु शाखाका कोषाध्क्ष सुरेश खड्काले जानकारी दिनुभयो ।
कार्यक्रममा जिल्ला कार्य समितिका पदाधिकारीहरु , सम्मानित हुने संस्था नेपाल लाइफ इन्स्युरेन्स कम्पनि लिमिटेड सोलुखुम्बु शाखा सल्लेरीका प्रबन्धक प्रकाश बाबु कार्कीको उपस्थिति रहेको थियो ।