साेलुखम्बु – सोलुखुम्बुको लिखुपिके गाउँपालिकाले योजना सम्झौता चाडै सुरु गर्ने जनाएको छ । गाउँपालिकाले हिजो १८ गतेबाट नयाँ प्रमुख प्रशासकिय अधिकृत पाएपछि अव गाउँपालिकाले निर्माण गरेका चालु आर्थिक वर्षको योजना तथा कार्यक्रमहरु सुरु गर्ने तयारी गरेको हो ।
मन्त्रालयले लिखुपिके गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा शाखा अधिकृत सुनिता उप्रेतीलाई खटाएको छ । प्रमुख प्रशासकीय अधिकृत उप्रेति भोलिबाट नियमित कामकाजमा जोडिने गाउँपालिका अध्यक्ष मिना कार्की बस्नेतले बताउनुभयो ।
पालकाले नयाँ प्रशासकीय अधिकृत पाएपछि चालु आर्थिक वर्षकालागी गाउँपालिकाले तय गरेका करिव १ सय वटा योजना तथा कार्यक्रमहरु अव निरन्तर अगाढी बढ्ने अध्यक्ष बस्नेतले बताउनुभयो ।
गाउँपालिकाले चालु आर्थिक वर्षमा भौतिक संरचना निर्माण तर्फ गाउँपालिकाको प्रशासनिक भवन निर्माणलाई प्राथमिकता दिने अध्यक्ष कार्कीले बताउनुभएको छ ।
अध्यक्ष कार्कीले पहिलो प्राथमिकता प्रशासनिक भवनलाई दिइने बताउदै उक्त कार्यका लागी टेण्डर आह्वानको प्रकृया केहि दिनभित्रै गरिने पनि बताउनुभयो । उहाँले पालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुदा रोकिएका तथा अधुरा कामहरु निरन्तर अघि बढ्ने विश्वास लिएको बताउनुभयो ।