सोलुखुम्बु – नेपाल पर्यटक यातयात व्यवसायी संघको केन्द्रीय अध्यक्षमा सोलुखुम्बुका वेदराज बास्तोला निर्वाचित हुनुभएको छ । समितिको आज मंगलबार काठमाण्डौँमा सम्पन्न निर्वाचनमा बास्तोला अध्यक्षमा निर्वाचित हुनुभएको हो ।
संघको वरिष्ठ उपाध्यक्षमा रमेश गौतम, उपाध्यक्षमा बिनोद तामाङ, महासचिवमा केदारनाथ कट्टेल (निर्विरोध), सचिवमा गुमान सिं मोक्तान र कोषाध्यक्षमा राज कुमार बस्नेत (निर्विरोध) निर्वाचित भएका छन् ।
यस्तै सदस्यहरुमा नवराज अर्याल, टेक बहादुर पुन र नकुल तिमल्सिना निर्वाचित भएका छन् । बास्तोलाको अध्यक्षतामा ९ सदस्यीय नेपाल पर्यटक यातयात व्यवसायी संघको केन्द्रीय समिति चयन भएको छ ।