संस्कृति जगेर्णाका लागि माप्य दुधकोशीमा तिज विशेष कार्यक्रम

  हिमाल समाचार
21 Shares

सोलुखुम्बु : सोलखुम्बुको माप्य दुधकोशी गाउँपालिकाले तिज लक्षित कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

हिन्दु धर्मालम्बीहरुको महान चाड तिज विशेष पर्वमा वडा स्तरिय संगिनी नृत्य तथा लोक दोहोरी प्रतियोगिता गर्ने भएको हो । असोज १ गते हरितालिका तिजको अवसरमा सो कार्यक्रम गर्न लागेको गाउँपालिकाका उपाध्यक्ष गौरव राईले जानकारी दिनुभयो ।
महिलाहरुलाई मनोरञ्जन तथा संस्कृतिलाई निरन्तरता दिने उद्देश्यका साथ तिज विशेष कार्यक्रम गर्न लागिएको उपाध्यक्ष राईको भनाई छ ।
मौलिक चाडपर्वको संरक्षण गर्नु स्थानीय सरकारको दायित्व रहेकाले प्रतियोगताको आयोजना गरिएको हो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार