निजामती सेवा दिवसको अवसरमा सोलुमा सुरु भयो ब्याड्मिन्टन प्रतियोगिता

  हिमाल समाचार
581 Shares

सोलुखुम्बु – निजामती सेवा दिवसको अवसरमा हिमाली जिल्ला सोलुखुम्बुमा ब्याड्मिन्टन प्रतियोगिता सुरु भएको छ । जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुको आयोजनामा सदरमुकाम सल्लेरीमा आज शुक्रबारबाट सुरु भएको प्र्रतियोगिताको कोशी प्रदेशका निवर्तमान सामाजिक विकास मन्त्री बुद्धि कुमार राजभण्डारीले उदेघा्टन गर्नुभयो ।

दोर्पु स्थित योङ्ग स्टार क्लवको कर्भड हलमा जारी प्रतियोगितामा महिला पुरुष गरी ४७ टिमको सहभागी रहेको जिल्ला प्रशासन कार्यालयका लेखापाल महेश भण्डारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रतियोगितामा सोलुखुम्बु जिल्ला स्तरीय पुरुष खुल्ला डबल तर्फ २२ टिम, जिल्ला स्तरीय महिला डबल तर्फ ९ टिम र निजामती कर्मचारी पुरुष डबल तर्फ १६ टिमको सहभागीता रहेको छ ।

आज शुक्रबार र भोली शनिबार दुई दिन सम्म सञ्चालन हुने प्रतियोगितामा शुक्रबार २० खेल र शनिबार २४ खेल सञ्चालन गरिने आयोजकले जनाएको छ ।

प्रतियोगिता अन्र्तगत जिल्ला स्तरीय पुरुष खुल्ला डबल तर्फ प्रथम द्वितीय, तृतीय र सान्तवना हुने दुई टिमलाई ५ हजार, ३ हजार र २,२ हजारको साथमा ट्रफि, मेडल र प्रमाण पत्र प्रदान गरिने छ भने जिल्ला स्तरीय महिला डबल र निजामती कर्मचारी पुरुष डबल तर्फ समान ३ हजार, २ हजार र १,१ हजारको साथमा ट्रफि, मेडल र प्रमाण पत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार