सोलुखुम्बु : सोलुखुम्बुको सदरमुकाम सल्लेरी बजार क्षेत्रमा रहेका सरकारी तथा निजी बैङ्कहरु सँग सुरक्षा सम्बन्धी विभिन्न विषयमा छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक दिपक श्रेष्ठको अध्यक्षतामा सो कार्यक्रम सम्पन्न भएको हो । साथै कार्यक्रममा विभिन्न सल्लेरीका बैङकका कर्मचारीहरुको सहभागिता थियो ।
उक्त कार्यक्रममा शान्ति सुरक्षा कायम गर्ने विषयमा बैङ्कहरुले संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्ने साथै यस सम्बन्धी विषयमा जिल्ला प्रहरी कार्यालय र बैङ्कहरुबीच निरन्तर समन्वय, सहकार्यका साथै सूचना आदाप्रदान गर्ने विषयमा छलफल तथा अन्तरक्रिया भएको जिल्ला प्रहरी सोलुखुम्बुले जनाएकोे छ ।
साथै सुरक्षा व्यवस्थालाई थप मजबुत र प्रभावकारी बनाउन सिसिटिभि जडानमा आवश्यक समन्वय तथा सहकार्य गर्ने जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक दिपक श्रेष्ठले बताउनुभयो । सोलुखुम्बुको जिल्ला प्रहरी कार्यालयमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।