साेलुखुम्बु – मध्यपहाडी जिल्ला खोटाङमा ३ वटा भव्य विमानस्थल छन । ति मध्य जिल्लाको लामिडाडाँ विमानस्थल सबैभन्दा पुरानो विमानस्थल हो । अहिले जिल्लाका ३ वटा खानिडाँडाँ र थामखर्क विमानस्थलमा हवाइ उडान हुदै आएको छ । तर सबैभन्दा पुरानो विमानस्थलमा भने अहिले दशकयता उडान हुन सकेको छैन । लामिडाडाँ विमानस्थल पक्की हुनुभन्दा अगाडी नियमित उडान भएको विमानस्थल हो । तर जव उक्त विमानस्थल पक्की भयो त्यसपछि उडान ठप्प छ ।
कच्ची विमानस्थललाई पक्की बनाएर नियमित र सुरक्षित हवाई सेवा दिने हेतुले नेपाल नागरिक उड्डयन प्राधिकरणको ६ करोड ७६ लाख ९३ हजार लगानीमा कालोपत्रे गरिएको लामीडाँडा विमानस्थल तत्कालिन प्रतिनिधिसभा सदस्य एवं नेकपा (एमाले) संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले उद्घाटन गर्नुभएको थियो ।
उद्धाटन भएपछि उक्त विमानस्थलमा एक उडान भएको थियो यसपछि अहिले लामिडाडाँ विमानस्थल टिकटक स्पट बनेको छ । विसं २०२८ देखि कच्ची अवस्थामा नियमित सञ्चालन हुँदै आएको लामीडाँडा विमानस्थलको टनिङ प्याडमा दायाँबायाँ २८–२८ मिटर कालोपत्रे गरिएको छ । यता जिल्लाको अर्को विमानस्थल थाम खर्क विमानस्थलमा नियमित हप्तामा एक फ्लाइट उडान हुन्छ ।
तर उक्त विमानस्थलबाट यात्रा गर्ने सर्वसाधारणले भाडा भने अधिक महंगो तिर्नुपरेको खोटेहाङ गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष तिलक बहादुर बस्नेतले बताउनुभयो । साविकको जिल्ला सदरमुकाम समेत रहेको खोटेहाङ गाउँपालिका तथा दक्षिणी भेगका जनताको सहजतालाई ध्यानमा राखेर २०५१ मा निर्माण सुरु गरिएको विमानस्थल २०५८मा सफल उडान परिक्षण भएको थिायो ।
तत्कालिन पर्यटन तथा नागरिक उड्यन मन्त्रि वलबहादुर केसीले उद्घाट गर्नुभएको विमानस्थलमा २०६४ देखि हाल सम्म नियमित उडान भइरहेको छ । पछिल्लो समय थामखर्क विमानस्थलबाट हवाइ यात्रा गर्न भाडा चर्को तिर्नुपरेको यात्रुहरुको गुनासो छ । उक्त विमानस्थलमा अहिले साताको एक उडान नेपाल एयरलाइन्सले गरिरहेको छ । एक जना यात्रुको भाडा ६ हजार बढी छ ।
सँगै एयरलाइन्सको नियम यस्तो छ कि उसले १२ जना भन्दा कम यात्रु विना उडान भर्दैन । यसरि एयरलाइन्सको कटिबद्धताको नियमले वृद्धवृद्धा, असाहाय र बिरामी तथा सुत्केरीहरुलाई भने समस्या परेको छ । एकातिर भाडामा एयरलाइन्सको मनोमानी अर्कातिर मापदण्डले उक्त विमानस्थल प्रयाेग गर्ने सेवाग्राहीको समस्यालाई सम्बोधन गर्न नसकेको स्थानीय बताउँछन ।
उक्त विमानस्थल जिल्लाको दिप्रुङ जन्तेढुंगा, खोटेहाङ र बराहपोखरी गाउँपालिकाका नागरिकको पहुँचमा पर्दछ । यस्तै जिल्ला सदरमुकाम तथा प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजार नजिकै रहेको मनमाया राई खानिडाडाँ विमानस्थलमा पनि उडान नियमित रहेको छ । विमानस्थलबाट खानिडाँडा काठमाण्डौ उडान हुने गर्दछ ।