नेपाल तामाङ घेदुङ सोलुदुधकुण्ड नगर समितिको अध्यक्षमा बहादुर

  हिमाल समाचार  1211 पटक हेरिएको

सोलुखुम्बु- नेपाल तामाङ घेदुङ सोलुदुधकुण्ड नगर समितिको अध्यक्षमा बहादुर तामाङ चयन हुनुभएको छ । आज शनिबार सल्लेरीमा सम्पन्न नगर समितिको दोश्रो अघिवेशनबाट बहादुरको अध्यक्षतामा ११ सदस्यीय नगर समिति सर्वसम्मत चयान गरिएको हो ।

समितिको उपाध्यक्षद्वयमा पेम्बा तामाङ र पुर्णी माया तामाङ, सचिवमा छिरिङ तामाङ, सहसचिवमा पिपल माया तामाङ र कोषध्यक्षमा पुष्पा तामाङ चयन हुनुभएको छ । सदस्यहरुमा भलाकाजी तामाङ, शुक्रराज तामाङ, फुर्वा डोमा तामाङ, मंगल सिं तामाङ र सोनाम तामाङ चयन भएको नेपाल तामाङ घेदुङका पुर्वकेन्द्रीय सदस्य ल्हाक्पा तामाङले जानकारी दिनुभयो ।

नवनिर्वाचित कार्यसमितिको कार्यकाल ४ वर्षको हुने छ भने समितिले तामाङ समुदायको हकहित र संस्कार, संस्कृति संरक्षणका लागि भुमिका खेल्ने जनाइएको छ ।

घेदुङका जिल्ला अध्यक्ष धर्म बहादुर तामाङको प्रमुख आतिथ्यतामा भएको कार्यक्रम सोलुदुधकुण्ड नगरपालिका उपप्रमुख गान्धी माया तामाङ र घेदुङका पुर्वकेन्द्रीय सदस्य ल्हाक्पा तामाङको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार