सल्लेरी क्षेत्रको पसललाई व्यवस्थित गर्ने कार्यमा नगरपालिका जुट्यो

  हिमाल समाचार
1.9k Shares

सोलुखुम्बु — सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपलिकाले सदरमुकाम क्षेत्र भित्र रहेका पसल तथा व्यवसायहरु व्यवस्थित तवरबाट सञ्चालन गर्न आग्रह गरेको छ । शुक्रबार एक प्रेश नोट जारी गर्दै नगरपालिकाले बजार क्षेत्र भित्र रहेका पसलहरुलाई सडक पेटीमा सामान नराख्न अनुरोध गरेको हो ।

केही समयअघि फाप्लु, सल्लेरी नयाँ बजार, दोर्पु क्षेत्रमा रहेको नेपाल टेलिकम तथा तथा अन्य इन्टरनेट सेवा प्रदायक कम्पनीहरुको तार व्यवस्थापन गरेको नगरपालिकाले लगत्तै पसल बाहिर अव्यवस्थित तवरले राखिएका सामाग्री पसल भित्रै राखेर बिक्री वितरण गर्न अनुरोध गरेको छ ।

अव्यवस्थित तवरले राखिएका भाँडाकुँडाका सामाग्री, ग्यास सिलिण्डर, कपडाले बजार कुरुप देखिने र बजारलाई सुन्दर बनाउनु स्थानीय तहको दायित्व भएको भन्दै नगरपालिकाले व्यवसायिहरुलाई सचेत गराएकाे छ ।

उद्योग वाणिज्य संघ सोलुखुम्बु तथा सोलुदुधकुण्ड नगरपालिकाको यहि भाद्र १४ गतेको संयुक्त बैठकले कपडा पसल, भाडा पसल, हार्डवेर लगायत अन्य पसलहमा विभिन्न सामाग्री बाहिर राख्दा बजार कुरुप भएको, सौन्दर्यता गुमेको भन्दै  व्यवस्थापनमा जुट्ने निर्णय गरेकाे थियाे ।

यस अघि विभिन्न इनटरनेट सेवा प्रदायकहरुले जथाभावी टाँगेका तारहरुका कारण बजार क्षेत्र भित्र दमकल, एम्बुलेन्स जस्ता अतिआवश्यक प्रवेशमा असहज तथा दुर्घटनाको जोखिम भएपछि उक्त तारहरु नगरपालिकाले हटाइसकेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार