नेपाली काँग्रेस सोेलुखुम्बु तिङला – काठमाण्डौ सम्पर्क समिति गठन गरिएको छ । काठमान्डौमा आयोजित एक कार्यक्रममा युवा नेता बाबुराम कार्कीको सभापतित्वमा सम्पर्क समिति गठन गरिएको हो । समितिको उपसभापतिमा फुर्बा शेर्पा र सुश्मा राई, सचिव अस्मिता बस्नेत, सहसचिव आङ दामि शेर्पा, कोषाध्यक्ष स्मिता भुजेल चयन हुनु भएको छ ।
त्यस्तै सदस्यहरुमा अनुप बस्नेत, पवन जङ्ग बस्नेत, बिपिन कार्की, कुमार खत्री, सुनु मगर, गोपाल कार्की, लिलन सुनुवार, इन्जिना कार्की र बिनित कार्की चयन भएको सदस्य अनुप बस्नेतले जानकारी दिनुभयो । नवनिर्वाचित कार्यसमितिले काठमाण्डौमा बसोबास गर्दै आएका वडा बासीहरुको समस्याहरुमा सहज बनाउन वडासँग समन्वयन गरी सहयोग गर्ने जनाइएको छ ।
नेपाली काँग्रेस तिङ्लाका वडा समिति सभापति बालकुमार कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा अध्यक्ष टंक बहादुर कार्की , कागे्रस नेता दत्त सिंह कार्की ,केशर थुलुङ राई, नैन बहादुर कार्की, फुर्वा शेर्पा, गम्बु शेर्पा लगायतको उपस्थिति थियो ।