सोलुखुम्बु – सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकाले स्थानीय उत्पादनलाई बढवा दिने क्रममा गाउँमै स्वदेशी ढाका उत्पादन गर्ने कार्यको सुरुवात गरेको छ ।
गाउँपालिकाको अनुदान सहयोगमा वडा नम्बर ७ मा स्वदेशी ढाकाबाट रुमाल तथा अतिथि सत्कारमा प्रयोग गर्न सकिने मफलरसहित सर्ट, चोली, साडिलगायतका सामाग्री उत्पादन भइरहेको वडा अध्यक्ष तथा गाउँपालिका प्रवक्ता भोजराज कार्कीले जानकारी दिनुभयो ।
गाउँपालिका अध्यक्ष असिम राईले स्थानीय उत्पादनहरुलाई बढवा दिने गाउँपालिकाको नीतिअनुरुप अब गाउँमै यसरी स्वदेशी ढाकाबाट विभिन्न सामाग्री तयार हुने भएपछि आयातित खदा लगायतलाई विस्थापित गर्नुका साथै आन्तरिक आयआर्जनमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।