सोलुखुम्बु – नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पर्यटन विभाग प्रमुख आङ गेलु शेर्पाले राजनितिमा ९० प्रतिशत षड्यन्त्र हाबी भएको दाबी गर्नुभएको छ । ११० औँ बी.पी. जयन्तीको अवसरमा नेविसंघ सोलुखुम्बुले आज आईतबार सल्लेरीमा गरेको वक्तृत्वकला प्रतियोगितामा प्रमुख अतिथिको आसनबाट बोल्दै कांग्रेस नेता शेर्पाले वर्तमान राजनितिमा सुंस्कार हराउँदै गएको बताउनुभयो ।
अहिलेको राजनितिमा १० प्रतिशत राजनिति संस्कार र बाँकी ९० प्रतिशत षड्यन्त्रको संस्कार विकास भएको उहाँको भनाई छ । जसले नेपाल, नेपाली जनता र नेता कसैको पनि भलो नगर्ने नेता शेर्पाको तर्क छ । राजनिति नेताको लागि नभई जनता र देशका लागि गरिनुपर्नेमा पछिल्लो समय व्यक्तिगत लाभमा राजनिति केन्द्रित हुँदा देश उभो लाग्न नसेकेको उहाँको चिन्ता छ ।
राजनितिकर्मीहरु कै कारण राजनितिमा विखण्डन बढ्दै गएकाले जनताकोे आक्रोशको मत नयाँ दलहरुमा गएको नेता शेर्पाले बताउनुभयो । बी.पी.ले सधै जनता र देशका लागि लडेको स्मरण गराउँदै कांग्रेस नेता शेर्पाले त्यसलाई आत्मसाथ गर्दै एक ढिक्का भएर अघि बढे नेपाली जनताले दुःख नपाउने जिकिर गर्नुभयो ।
बी.पी.कै चिन्तनका कारण नेपालमा ठुला परिवर्तनहरु भएकाले उहाँको सोच र विचारलाई साकार पार्न सबै कांग्रेसजनहरु लाग्नुपर्ने नेता शेर्पाको जोड छ । यस्तै नेपाली कांग्रेस सोलुखुम्बुका जिल्ला सभापति नाम्गेल जाङबु शेर्पाले समाजवादलाई मुलुकमा उर्तान बी.पी.ले ठुलो भुमिका खेलेको स्मरण गराउनुभयो ।
बी.पी.ले राजनितिमा माात्रै नभई नेपाली साहित्य क्षेत्रमा पनि उत्तिकै योगदान पु¥याएकाले जननायक बी.पी.लाई नेपाली समाजले कहिल्यै भुल्न नसकिने दाबी गर्नुभयो ।