सोलुखुम्बु – बी.पी. जयन्तीको अवसरमा सोलुखुम्बुको सल्लेरीमा आयोजित खुल्ला वक्तृत्वकला प्रतियोगिताको उपाधि सुस्मा बस्नेतले हात पार्नुभएको छ । नेविसंघ सोलुखुम्बुले आज आईतबार आयोजना गरेकोे ‘नेपाली साहित्य र राजनीतिमा बी.पी.’ विषयक वक्तृत्वकला प्रतियोगिताको उपाधि सोलुदुधकुण्ड नगरपालिका ११ तिङलाकी बस्नेतले हात पार्नुभएको हो ।
प्रतियोगितामा दिवाना राई द्वितीय, दोर्जी शेर्पा तृतीय र याङ्जी शेर्पा सान्तवना हुनुभएको छ । प्रथम, द्वितीय र तृतीय स्थान ओगट्न सफल प्रतियोगीहरुलाई क्रमश नगद ४ हजार, ३ हजार र २ हजारको साथमा मेडल र प्रमाण पत्र तथा सान्तवना हुनेलाई मेडल र प्रमाण पत्र प्रदान गरिएको विद्यार्थी नेता द्रोण बास्तोलाले जानकारी दिनुभयो ।
प्रतियोगितामा २० जना प्रतियोगीहरुको सहभागीता रहेको थियो । जिल्ला समन्वय समितिको समिक्षालय हल सल्लेरीमा भएको कार्यक्रममा नेपाली कांग्रेस कोशी प्रदेश उपसभापति, राष्ट्रिय सभा सदस्य तथा संसदिय दलका नेता रमेश रायमाझी, पार्टीका केन्द्रीय सदस्य तथा पर्यटन विभाग प्रमुख आङगेलु शेर्पा, जिल्ला सभापति नाम्गेल जाङ्बु शेर्पा, जिल्ला समन्वय समिति प्रमुख कृष्ण प्रसाद निरौला, उपप्रमुख टिका माया मगर, सोलुदुधकुण्ड नगर उपप्रमुख गान्धी माया तामाङ, नेचासल्यान उपाध्यक्ष बिना राई, कांग्रेस नेता चन्द्र आचार्यसहित विद्यार्थी तथा पार्टीका नेताहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रम नेविसंघका जिल्ला अध्यक्ष नविन बस्नेतको सभाध्यक्ष तथा पार्टीका केन्द्रीय सदस्य आङ गेलु शेर्पाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।