पालिकाकै उत्कृष्ट स्वास्थ्य संस्था बन्यो स्वास्थ्य चौकी गुदेल

  हिमाल समाचार
1.1k Shares

सोलुखुम्बु – सोलुखुम्बुको महाकुलुङ गाउँपालिका ५ गुदेल स्थित गुदेल स्वस्थ्य चौकी पालिकाकै उत्कृष्ट स्वास्थ्य संस्था बनेको छ । गाउँपालिका स्वास्थ्य शाखाले मंगलबार गरेको गत आर्थिक वर्षको स्वास्थ्य समिक्षा कार्यक्रममा गुदेल पालिकाकै उत्कृष्ट बनेको हो ।

उक्त स्थास्थ्य चौकी व्यवस्थाकीय तथा स्वास्थ्य सेवाको तवरले उत्कृष्ट भएको पालिका स्वास्थ्य शाखाले जनाएको छ । आधारभुत स्वास्थ्य सेवा केन्द्र पेल्माङ दोश्रो, खिरौले सामुदायिक स्वास्थ्य इकाई तेश्रो र महाकुलुङ सामुदायिक अस्पताल चौथो भएको संवाददाता झलक राईले जानकारी दिनुभयो ।

स्थान ओगट्न सफल स्वास्थ्य संस्थाहरुलाई नगद र प्रमाण पत्रसहित पुरस्कृत गरेको छ । महाकुलुङ गाउँपालिकामा ८ वटा स्वास्थ्य संस्थाहरु रहेका छन् । जसमा तथ्यांक चुस्तदुरुस्त, पालिकामा रिपोटिङ, सेवाको गुणस्तर, सहयोगी संस्थाहरुलाई गरेको रिपोटिङ, सेवाग्राहीको सन्तुष्टि लगायतका मुख्य आधार बनाइएको पालिका स्वास्थ्य शाखा संयोजक हरि आचार्यले बताउनुभयो ।

कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष सुर्य बहादुर कुलुङले अस्पतालका स्वास्थ्यकर्मी तथा कर्मचारीहरुले बिरामीमैत्री व्यवहार गर्न निर्देशन दिनुभयो । स्वास्थ्यकर्मीको व्यवहारबाट पनि धेरै हदसम्म बिरामीको व्यथा कम हुने भएकाले बिरामीलाई गर्ने व्यवहार राम्रो हुनुपर्ने उहाँको भनाई छ ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत पदम बहादुर बस्नेत, सोताङ गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत श्रीध्वज राई, जिफाउन्डेसनका जित्न जनम राई, इको हिमालका गोमा शमा र प्रबिणकला राई, स्वास्थ्य संस्थाका प्रमुख तथा कर्मचारीहरु, पाँच वटै वडाका वडाध्यक्षहरु, सरकारी तथा गैर सरकारी संघ संस्थाका प्रतिनिधि, सञ्चारकर्मी लगायत गरी करिब ३६ जनाको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार