नेकपा एस खोटाङ जिल्ला इन्चार्जको जिम्मेवारी चाम्लिङलाई

  हिमाल समाचार  101 पटक हेरिएको

सोलुखुम्बु – नेकपा (एकीकृत समाजवादी) को खोटाङ जिल्ला इन्चार्जको जिम्मेवारी केन्द्रीय सदस्य बबी चाम्लिङले पाउनुभएको छ ।

पार्टीको बिहिबार बसेको केन्द्रीय कमिटी बैठकले जिल्ला र संघीय निर्वाचन क्षेत्रका इन्चार्ज र सहइन्चार्जको जिम्मेवारी हेरफेरका क्रममा चाम्लिङले खोटाङ जिल्ला इन्चार्जको जिम्मेवारी प्राप्त गर्नुभएको हो ।

जिल्लाको सहइन्चार्जको जिम्मेवारी केन्द्रीय कमिटी सदस्य बीरबलकाजी राई र भीम राईले पाउनुभएको छ । नेकपा (एकीकृत समाजवादी) ले प्रदेश इन्चार्ज, सहइन्चार्ज र अध्यक्ष पनि तोकेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार