आज ५९ अैाँ बालदिवस, बिभिन्न कार्यक्रम गरि मनाइयो

फाेटाे- झलक राइ

साेलुखुम्बु – आज देशैभर ५९ अैाँ राष्ट्रिय वाल दिवस मनाइएको छ । “बालबालिकामा लगानि सुनिश्चति भविष्यको थालनी” भन्ने मुल नाराका साथ आज मािथल्लाे सगरमाथाका ३ तिन जिल्लामापनि बिविध कार्यक्रम गरि बालदिवस मनाइएको छ । बाल अधिकारको संरक्षणका लागी मनाइने बालदिवसको अवसरमा ३ जिल्लाका स्थानिय तहले बिभिन्न कार्यक्रम गरि बालदिवस मनाएका हुन । सोलुखुम्बुको महाकुलुङ गाउँपालिकामा पनि बिभिन्न कार्यक्रम गरि बाल दिवस मनाइएको छ । गाउँपालिकाले अन्तर मावि स्तरीय हाजिरीजवाफ प्रतियोगिता, वत्तृत्वकला प्रतियोगिता तथा चित्रकला प्रतियोगिताको आयोजना गरि बालदिवस मनाइएको संवाददाता झलक कुलुङले जानकारी दिनुभयो ।

यता खोटाङका स्थानीय तहहरुलेपनि बिभिन्न कार्यक्रम गरि बालदिवस मनाएको जानकारी दिएका छन । जिल्लाको केपिलासगढी गाउँपालिकाले वत्तृत्वकला प्रतियोगिताका साथै बिभिन्न रचनात्मक कार्यक्रमको आयोजना गरि बालदिवस मनाएको गाउँपालिका अध्यक्ष समिर राईले जानकारी दिनुभयो । गाउँपालिकाको आयोजनामा राष्ट्रिय माविमा बकृत्वकला हाजिरीजवाफ,नृत्य, गायन लगायत सांस्कृतिक कार्यक्रम गरिएको थियो ।

यस्तै जिल्लाको रावाबेँसी गाउँपालिकामा पनि बिभिन्न कार्यक्रमहरु आयोजना गर्न विद्यालयहरुमा सर्कुलर गरिएअनुरुप गाउँपालिकाका बिभिन्न विद्यालयहरुले साँस्कृतिक तथा शैक्षिक कार्यक्रम आयोजना गरेको गाउँपालिकाका शिक्षा शाखा संयोजक सन्तोष तिमिल्सिनाले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार