सोलुखुम्बु – बालबालिकामा लगानी सुनिश्चित भविष्यको थालनी भन्ने मूल नाराका साथ राष्ट्रिय बाल दिवस सोलुखुम्बुको सल्लेरीमा सम्पन्न भएको छ । रीड नेपाल र सोलुदुधकुण्ड नगरपालिकाको सयुक्त आयोजना संचालित कार्यक्रम आधारभूत तहमा समावेशी शिक्षा आजको आवश्यकता शिर्षकमा निबन्ध प्रतियोगिता तथा मावि स्तरीय लैंगिकमैत्री विद्यालय निर्माणमा बाल क्लबको भूमिका शिर्षकमा आयोजना गरिएको थियो ।
जसमा निबन्ध प्रतियोगितामा ह्वाइटहिल्स स्कुलकी छात्रा स्वस्तिका राईले प्रथम स्थान हासिल गर्नुभयो भने गार्मा मावि की छात्रा अनिसा कुलुङ द्वितीय स्थान हातपार्न सफल हुनुभयो । भीमसेन माविकी छात्रा गोमा भुजेल तृतीय र सान्त्वना जनजागृति आ वि का मिलन राईले हात पार्नुभएको छ ।
कार्यक्रममा १८ जना विद्यार्थीको सहभागिता रहेको थियो
त्यस्तै मावि स्तरीय वक्तृत्वकला तिर गार्मा माविकी छात्रा सपना बस्नेत प्रथम बालेश्वर माविकी छात्रा कान्छी माया शेर्पा द्वितीय, चागेस्थान मा वि की छात्रा तृतीय र जजा माविकी छात्रा जानुका लामिछाने सान्त्वना हुनुभएको रिड नेपालका शिक्षा विकास संयोजक केशव गिरीले जानकारी दिनुभयो ।
कार्यक्रममा १९ जना विद्यार्थीको सहभागिता रहेको थियो । साथै बालबालिकासंग मेयर अन्तरक्रिया कार्यक्रम पनि सम्पन्न गरेको छ । कार्यक्रममा बालबालिकाहरुले विद्यालयसंग सम्बन्धित विभिन्न समस्याहरु लैंगिक मैत्री शौचालय खेल मैदान विज्ञान प्रयोगसाला, शिक्षक अभाव , फोहर व्यवस्थापन बारे मेयरसंग प्रश्न गरेका थिए ।
करिव १५ जना विद्यार्थीले आफ्ना जिज्ञासा राखेका थिए । उक्त जिज्ञासाको जवाफ सोलु दुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङ्बु शेर्पाले दिनुभएको थियोे । मेयर शेर्पाले आफ्नो प्राथमिकतामा शिक्षा रहेको बालबालिकाको भविष्य प्रति आफु सचेत रहेको भन्दै समस्या समाधानमा नगरपालिका लागि पर्ने विस्वास दिलाउनुभयो ।
अन्तरक्रिया कार्यक्रमको सहजीकरण रीड नेपालका शिक्षा विकास संयोजक केशव देव गिरीले गर्नुभएको थियो । कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थीहरुले गीत कविता नृत्य प्रस्तुत गरेका थिए भने कार्यक्रम जजा आविबाट र्याली सहित बजार परिक्रमा गरी समीक्षा हलमा औपचारिक रुपमा परिणत भएको थियो । र्याली कार्यक्रममा ८०० बढी विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा विजेतालाई क्रमश ८०००, ६०००, ४००० र ३००० नगद र प्रमाण पत्र वितरण गरिएको छ । समापन कार्यक्रममा नगरपालिका उपमेयर गान्धी माया तामाङ र प्रमुख प्रशासकीय अधिकृत कोपिला राईले शुभकामना व्यक्त गर्नु भएको थियो भने सम्पूर्ण कार्यक्रम संचालन सहजीकरण रीड नेपालका शिक्षा विकास संयोजक केशव देव गिरीले गर्नु भएको थियो ।
कार्यक्रम नगर प्रमुख नाम्गेल जाङ्बु शेर्पाको अध्यक्षतामा सम्पन्न भएको हो ।